५ पुस २०८२, शनिबार | December 21, 2025

पुर्व प्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैं दिब्यज्ञान ? प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको प्रश्न



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानन्यायाधीशलाई आउटडेटेड र अदालतमा बहस गरिरहेका अधिवक्ताहरुलाई ताण्डव र तामासाको संज्ञा दिएपछि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीमा कालो सोँच भएको टिप्पणी गरेका छन् ।

सोमबार एमालेको ओली समूह निकट युवा संघको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्व प्रधानन्यायाधिसहरुको वक्तब्यलाई आउटडेटेडहरुको अदालतमाथि हस्तक्षपकारी ताण्डव र अधिवक्ताहरुलाई कालो कोटधारीहरुको तामासाको संज्ञा दिएपछि प्रवक्ता शर्माले प्रधानमन्त्रीमा खराव कालो सोँच भएको टिप्पणी गरेका हुन् ।

शर्माले ट्वीटरमा लेखेका छन्, ‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू । व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैव निन्दनीय हुन्छ।’

२ दिन पहिले संविधान मासिने खतारा आएको औंल्याउँदै चार पूर्व प्रधानन्यायाधिसहरुले संयुक्त वक्तव्य जारी गरेका थिए । पूर्वप्रधानन्यायाधीशहरुलाई ओलीले सरकारी तलव खाएर वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा ? भन्दै प्रश्न गरेका थिए । विवेक बोल्ने पुर्व प्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैं दिब्यज्ञान ? भन्दै प्रधानमन्त्री ओलीमाथि पनि प्रश्न तेर्साएका छन् ।

 

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ११ : ०८ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ