१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

भक्तपुरका १३४ सम्पदा पुनःनिर्माण सम्पन्न



भक्तपुर । गोरखा भूकम्पको छ वर्षको अवधिमा भक्तपुरमा भूकम्पले क्षति गरेका पुरातात्विक महत्वका सम्पदामध्ये १३४ वटा साना ठूला सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भक्तपुरमा २१३ वटा सम्पदामा क्षति पुगेको थियो । तीमध्ये १३४ वटाको पुनःनिर्माण सम्पन्न भएको स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डा भक्तपुरले जनाएको छ ।

भूकम्पले क्षतिग्रस्त १२ वटा सम्पदाको पुनःनिर्माण कार्य भइरहेको र २० वटा सम्पदा पुनःनिर्माणको चरणमा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डा भक्तपुरका ई मोहनसिं लामाले जानकारी दिए ।

भूकम्पले भक्तपुरका चार स्थानीय तहमध्ये भक्तपुर नगरपालिकामा सबैभन्दा धेरै सम्पदा क्षति गरेको थियो । सम्पदाको धनी भक्तपुर नगरका १४५ वटा सम्पदामा क्षति भएको थियो । त्यसैगरी मध्यपुर थिमि नगरपालिकामा २३, सूर्यविनायक नगरपालिकामा २९ र चाँगुनारायण नगरपालिकामा १६ सम्पदामा क्षति पुगेको ई लामाले बताए ।

भक्तपुर नगरपालिकाको क्षतिग्रस्त १४५ सम्पदामध्ये १०८ वटा सम्पदाको पुनःनिर्माण र जीर्णोद्वार सम्पन्न भएको नगरप्रमुख सुनिल प्रजापतिले बताए । उनका अनुसार भक्तपुर नगरमा हालसम्म २३ मन्दिर, ४० पाटी, ६ द्योछें, ३ प्रवेशद्वार, ८ पोखरी, ७ इनार, ८ सत्तल, ७ ढुङ्गेधारा र अन्य ६ वटा सम्पदा पुनःनिर्माण र जीर्णोद्वार सम्पन्न भएका छन् भने अन्य डेढ दर्जनभन्दा बढी सम्पदा जीर्णोद्धारको क्रममा रहेको छ ।

चालु आर्थिक वर्ष भक्तपुर नगरभित्र विश्वप्रसिद्ध ङातापोल्हँ मन्दिर ९पाँचतल्ले मन्दिर० जीर्णोद्धार, दरबार क्षेत्रस्थित वत्सला मन्दिर पुनः निर्माण, भक्तपुर नगरपालिका-४ स्थित चपाल भैरव द्यो छेँ पुनःनिर्माण, भक्तपुर–५ ल्योसिंख्योस्थित च्यासिंदेगः पुनःनिर्माण, भनपा-६ स्थित भोलाछेँ पुखु जीर्णोद्धार, भनपा-७ स्थित गय् भिंद्यो पुललगायतका कार्य सम्पन्न भएको उनले बताए ।

मध्यपुर थिमिमा ७ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ । त्यस्तै २ वटाको पुनःनिर्माण भइरहेको र ४ वटाको शुरु हुने चरणमा रहेको छ । चाँगुनारायण नगरपालिकामा १० वटा सम्पदाको पुनःनिर्माण सकिएको छ । यहाँ ४ वटाको पुनःनिर्माण भइरहेको छ भने ४ वटाको शुरु गर्ने तयारी भइरहेको छ ।

सूर्यविनायक नगरपालिकामा क्षतिग्रस्त २९ सम्पदा मध्ये हालसम्म जम्मा ९ वटाको मात्र पुनःनिर्माण भएको छ । २ वटाको पुनःनिर्माण भइरहेको र ६ वटा पुनःनिर्माणको चरणमा रहेको ईं लामाले बताए ।

चालु अर्थिक वर्ष २०७७/०७८ मा राष्ट्रिय कला सङ्ग्रहालयको जिम्मेवारीमा २८ र स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डाको जिम्मेवारीमा १२ वटा सम्पदा पुनःनिर्माणको जिम्मेवारी तोकिएको थियो । तर ती दुई वटै निकायले तोकिएको जिम्मेवारी पूरा गर्न भने नसक्ने भएको छ ।

कला सङ्ग्रहालयको जिम्मेवारी तोकिएका २८ मध्ये १५ वटाको मात्र लागत अनुमान पेश गरिएको छ । त्यसमा ५ वटाको पुनःनिर्माण सकिएको र १० वटाको कार्य भइरहेको छ । त्यस्तै १३ वटा सम्पदाको लागत अनुमानसमेत तयार हुन नसकेको ई लामाले बताए ।

त्यस्तैगरी स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डाको जिम्मेवारीमा परेका १२ मध्ये २ वटाको मात्र कार्य सम्पन्न भएको छ भने ९ वटाको कार्य भइरहेको छ । एउटा सम्पदाको कुनै कार्य हुन नसकेको ई लामाले बताए ।

केही सम्पदाको विस्तृत अभिलेखीकरण नभएको कारण पुनःनिर्माण वा संरक्षण कार्यमा केही परिवर्तन वा थप कार्य गर्नुपर्ने बाध्यता रहनु र सम्पदाको पुनःनिर्माण र संरक्षणको क्रममा आकस्मिक रुपमा आइपर्ने विविध कठिनाइ र चुनौतिले गर्दा पनि सम्पदाको पुनःनिर्माणमा ढिलाइ भइरहेको छ । रासस

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ६ : ३० बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग