२० मंसिर २०८२, शनिबार | December 6, 2025

अपडेट: चौधरी उद्योगग्राममा लागेको आगो नियन्त्रणमा



देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योग ग्राममा लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ ।

तीन घण्टा बढीको प्रयासपछि आगालागी नियन्त्रणमा आएको हो । आगालागी नियन्त्तण गर्न दुई वटा दमकल, सेना, सशस्त्र र जनपद प्रहरी, उद्योगका कर्मचारी र स्थानीयवासीले लगातार प्रयास गरेका थिए ।

उद्योग प्रशासन प्रमुख दामोदर पौडेलका अनुसार बुधबार बिहान ८ बजेबाट उद्योगको वियर प्लान्ट र गोदाममा आगलागी भएको थियो । वियरका कार्टुनहरु भएका कारण आगो छिटो फैलिएको थियो । आगलागीबाट ठूलै क्षति भएको छ ।

आगलागीको कारण अहिलेसम्म थाहा नभएको पौडेलले बताए । तर विद्युत सर्ट भएको अनुमान गरिएको छ ।

आगलागी भएको स्थानमा सिजी ग्रुपका प्रमुख एवं निवर्तमान सांसद विनोद चौधरीसमेत पुगेका छन् ।

आगलागीका कारण कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  १२ : १० बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति