६ श्रावण २०८३, बुधबार | July 22, 2026

राष्ट्रिय चिकित्सक संघले बुझायो प्रदेश स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र, स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ५ वर्ष कैद सजाँयको माग



बुटवल । राष्ट्रिय चिकित्सक संघ नेपालको लुम्बिनी प्रदेश समितिले प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठलाई भेटेर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेशका सम्बन्धमा सुझाव प्रस्तुत गर्नुका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीको हकहितको बिषयमा ज्ञापन पत्र बुझाएको छ ।

संघको प्रदेश समितिका अध्यक्ष डा. समिर आचार्य, महासचिव डा. सागर न्यौपाने सहितको टोलिले आज मन्त्री श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । संघले बुझाएको ज्ञापन पत्रमा अध्यादेशमा गाली गलौज , अपमान तथा सामाजिक संजालमा आधारहिन अफवाह फैलाउनेलाई समेत सजायका व्यवस्था हुनुपर्ने, निर्देशन समितिलाई ९ देखि ११ सदस्यिय बनाउने त्यसमा सम्बन्धित काउन्सिलको प्रतिनिधि राख्नु पर्ने, प्रदेश स्तरिय समितिमा सरकारी प्रतिनिधिको बहुमत हनेगरी नेपाल चिकित्सक संघ , लुम्बिनी शाखा , नेपाल दन्त चिकित्सक संघ , लुम्बिनी शाखा र नेपाल नर्सिङ संघ , लुम्बिनी शाखा को प्रतिनिधि राख्न पर्ने तथा सजाय खण्डमा न्युनतम सजाय मतियारलाई ३ वर्ष र मुख्य दोषीलाई ५ वर्ष सजाय तोक्नु पर्ने लगायतका सुझावहरु समावेश गर्न माग गरिएको छ ।

त्यसैगरि संघले चिकित्सक तथा स्वास्थ्यकर्मीको हकमा पनि मन्त्रीसमक्ष बिभिन्न मागहरु अगाडि सारेको छ । मन्त्री श्रेष्ठलाई बुझाएको ज्ञापन पत्रमा संक्रामक ऐन सकृय भएको र अन्य संकटकाल लागु भएको अवस्थामा संगठित संस्थामा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको कर्तव्य पालनको सिलसिलामा ज्यान गएमा कम्तिमा २५ लाखको स्वास्थ्य बीमा हुनु पर्ने, पचास शैयाको प्रदेश स्तरीय सरुवा रोग अस्पतालको स्थापना गर्नुपर्ने, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद लुम्बिनी प्रदेश ईकाईको स्थापना हुनु पर्ने, संक्रामक ऐन सकृय भएको र अन्य संकटकाल लागुभएको अवस्थामा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको सार्वजनिक संस्थामा निःशुल्क स्वास्थ्योपचारको विशेष व्यवस्था हुनु पर्ने लगायतका मागहरु समावेश गरिएको छ ।

सो अवसरमा मन्त्री श्रेष्ठसँग भएको भेटवार्तामा स्वास्थ्यकर्मीको सुरक्षाको सवालमा संघीय सरकारसँग सकारात्मक पहल गर्ने आश्वासन मन्त्री श्रेष्ठबाट पाएको भेटघाटमा सहभागी संघका केन्द्रीय सदस्य डा. सम्राट पराजुलीले बताए । प्रदेशमा छिटै सरुवारोग केन्द्र स्थापना हुने, प्रदेश अनुसन्धान परिषदको तिलोत्तमामा भवन निर्माण हुने र त्यसको लागि बजेट बिनियोजन गरिने बिषयमा मन्त्री श्रेष्ठले आश्वासन दिएको डा. पराजुलीले बताए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ६ : ३२ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज