२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

पोखरामा जिप दुर्घटना : एकको मृत्यु, १२ जना घाइते



कास्की । पोखरा महानगरपालिका-२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गएराति सडकबाट अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा पु¥याइएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका पर्वत घर भई हाल पोखरा महानगरपालिका-२४ पामे बस्दै आएका २३ वर्षीय मिलन गुरुङको मृत्यु उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए । दुर्घटनामा घाँटीछिनाका १५ वर्षीय विवेक विक, चैनपुरका १६ वर्षीय विवस पराजुली र पोखरा-२३ का १४ वर्षीय अमित सुनार घाइते भएका छन् ।

त्यस्तै, घाँटीछिनाकै १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली, १४ वर्षीय सन्देश नेपाली, २० वर्षीय मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार र १३ वर्षीय सन्जल सुनार घाइते भएका छन् ।

यसैगरी, सोही ठाउँका १९ वर्षीया निसा नेपाली र २० वर्षीय दिपिन खत्री घाइते भएको प्रहरी निरीक्षक देवकोटाले जानकारी दिए । घाइतेहरुको अवस्था मध्यम रहेको र टाउको, हात, खुट्टालगायत शरीरका भागमा चोट रहेको बताइन्छ ।

प्रहरीले जिपका चालक पोखरा-२४ लौरुक बस्ने २३ वर्षीय टोकबहादुुर गुरुङलाई नियन्त्रणमा लिएको र दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ९ : ०६ बजे

पोखरामा जिप दुर्घटना : एकको मृत्यु, १२ जना घाइते

कास्की । पोखरा महानगरपालिका-२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको

मकवानपुर माइक्रोबस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १० पुग्यो, पाँच जना घाइते

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा

रुपन्देहीमा देउसी-भैलोको नाममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा दुई जना पक्राउ

रुपन्देही । देउसी-भैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन

एनपीएलमा आज दुई खेल, विराटनगर-पोखरा र कर्णाली-लुम्बिनी भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत बिहीबार दुई खेल

मकवानपुरमा माइक्रोबस दुर्घटना : १० जना गम्भीर घाइते, अन्यको खोजी जारी

काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना