१६ माघ २०८२, शुक्रबार | January 30, 2026

सरकारले माग्यो अस्पतालसँग खोप लगाएका र नलगाएकाहरुको तथ्यांक



काठमाडौं । सरकारले कोरोना संक्रमणविरुद्ध खोपको प्रभावकारिताका सन्दर्भमा अस्पतालहरुसँग तथ्यांक मागेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा.तारानाथ पोखरेलका अनुसार अस्पतालसँग खोप लगाएका र नलगाएकाको विस्तृत तथ्यांक माग गरिएको हो ।

‘अस्पतालमा मृत्यु, भर्ना, परीक्षण गरेर कोरोना पोजेटिभ आए/नआएकाले खोप लगाएको वा नलगाएको रिपोर्ट माग गरेका छौं,’ डा.तारानाथ पोखरेलले भने, ‘त्यसपछि विस्तृत विवरण थाहा होला ।’ उनले प्राप्त जानकारीको हवाला दिंदै खोप नलगाएकाको मृत्युदर अत्यधिक रहेको पनि उल्लेख गरे ।

विश्व स्वास्थ्य संगठनको अध्ययनले भने खोप लगाएकाको मृत्युदर कम रहेको देखाएको छ । खोपको मात्रा पूरा गरेपश्चात् मृत्युदर कम देखिएको विभिन्न अध्ययनले समेत देखाएको छ । हाल, नेपालमा संक्रमणविरुद्ध कोभिडसिल्ड र भेरोसिल खोप प्रयोगमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाविरुद्धको खोप नलगाएकामा संक्रमण र मृत्यु भएको संख्या बढी छ ।

यद्यपि, प्रभावकारिताका सन्दर्भमा तथ्यांक एकीकृत हुने चरणमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म अनुमानित ४ लाख नागरिकले कोरोनाविरुद्ध खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् । खोपविज्ञ खोप लगाएकालाई गम्भीर प्रकृतिको असर नदेखिने बताउँछन् ।

यसैगरी, सरकारले चीनबाट ल्याएको कोभिडविरुद्धको भेरोसिल खोप आगामी २५ जेठबाट लगाउन सुरु गर्ने तयारी थालेको छ । मन्त्रालयका अनुसार यसपटक सो खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई दिइनेछ । यसअघि, भेरोसिल खोप १८ देखि ५९ वर्ष उमेर समूहकालाई लगाइएको थियो । राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ६ : ३६ बजे

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य