२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

एमालेमा संस्थापन र नेपाल-खनाल पक्षका छुट्टाछुट्टै बैठक बस्दै



काठमाडौं । नेकपा एमालेका दुई पक्षको बेग्लाबेग्लै बैठक आज बस्दैछ ।

पार्टी विभाजनको डिलमा पुगेको एमालेको नेपाल-खनाल पक्षको केन्द्रीय कमिटी बैठक बिहान ११ बजे बस्दैछ । यस्तै, तीन दिनदेखि आह्वान हुँदै स्थगित हुँदै आएको संस्थापन पक्षको स्थायी कमिटी बैठक आजै अपरान्ह ४ बजे बस्ने तय भएको छ ।

दोस्रो तहका नेताहरुबाट भैरहेको एकताको प्रयासकै बीचमा आज दुवै पक्षको अलग अलग बैठक बस्न लागेको हो । ओली पक्षले नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकलाई अनधिकृत भएको आरोप लगाएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति नै निकालेर सो बैठकमा सहभागी नबन्न केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका छन् ।

तर, नेपाल-खनाल पक्षले भने ओली पक्षबाट व्यक्तिगत रुपमा नेताहरु टिप्दै फकाउँदै फुटाउ र राज गरको शैलीमा आफ्नो पक्षमा फुट पार्न लागेको निस्कर्ष निकाल्दै सामुहिक धारणा बनाउन आफुपक्षीय केन्द्रीय कमिटी बैठक आयोजना गरेको दाबी गरेको छ । भर्चुअल रुपमा बस्ने बैठकमा पछिल्लो दिनमा भैरहेको राजनीतिक घटनक्रम र पार्टी एकता वचाउने विषयमा आफ्नो पक्षका केही नेताहरु र अर्को पक्षबीच भैरहेको वार्ताको विषयमा छलफल हुने नेपाल निकट एक नेताले बताए ।

संस्थापन पक्षले माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीबाट निस्काशन गरिसकेको छ । थप १२ जना नेताहरुलाई स्पष्टीकरण सोधिएपनि त्यसबारे कुनै निर्णय गरिसकेको छैन । तर, नेपाल पक्षका नेताहरुलाई व्यक्तिगत रुपमा आकर्षित गर्दै पार्टीमै अड्याउने र नेपालसहित केही सीमित नेतालाई हटाउने रणनीतिअन्तर्गत पछिल्लो चरणमा वार्ता भैरहेको ओली पक्षका नेताहरुले दाबी गरिरहेका छन् । सोही रणनीतिअन्तर्गत पछिल्लो पटक स्पष्टीकरण सोधिएका १२ नेता र सुदुरपश्चिमका १० जना प्रदेश सांसदहरुमाथिको कारवाही रोकिएको छ । ओली पक्षसँग नेपाल पक्षका घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेहरुले निरन्तर वार्ता गरिरहेका छन् । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले भने सामुहिक निर्णय विना संस्थापनसँग केही नेताहरुले व्यक्तिगत रुपमा वार्ता गरिरहेको भन्दै आफ्नै पक्षका नेताहरुसँग आशंका गरेको छ ।

प्रधानमन्त्री ओलीलाई सत्ताबाट नहटाएसम्म उनले पार्टीमा समेत सर्वसत्तावाद नछोड्ने निस्कर्ष निकाल्दै नेपाल पक्ष विपक्षी गठबन्धनमा सामेल भएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको थियो । नेपाल पक्षका २३ सांसदले सर्वोच्च अदालतमा अन्य दलसँग मिलेर प्रतिनिधिसभा विघटन विरुद्ध सामुहिक रिट समेत दायर गरेका छन् । त्यसलगत्तै संस्थापन पक्षले नेपालसहित ११ नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको थियो ।

 

 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ९ : १५ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२