२९ चैत्र २०८२, आइतबार | April 13, 2026

गाउँकै आइसोलेशनमा कोरोना सङ्क्रमित महिलाको सुरक्षित प्रसूति



कास्की । माछापुच्छ्रे गाउँपालिका–२ स्थित सार्दीखोला स्वास्थ्यचौकीमा एक सङ्क्रमित गर्भवतीको सुरक्षित प्रसूति गराइएको छ ।

स्थानीय २८ वर्षीया महिलाको सो स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले बुधबार राति ८ः५६ बजे आइसोलेशनकक्षमा सामान्य विधिबाट प्रसूति गराएका हुन् ।

साँझ ८ः०० बजे सुत्केरी व्यथा लागेर स्वास्थ्यचौकी आउनुभएकी ती महिला र उहाँका श्रीमान्को एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । हाल सुत्केरी महिला र बच्चा (छोरी)को स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीका अनमी हिमकुमारी गुरुङ र विद्या सापकोटा तथा स्वास्थ्यचौकीका कर्मचारी लक्ष्मी बयलकोटी र सञ्जु परियारले सामान्य विधिबाट सुत्केरी गराएको स्वास्थ्यचौकीका इन्चार्ज अनिता घिमिरेले जानकारी दिएका छन् ।

यसअघि शहरका अस्पतालमा सङ्क्रमित महिलाको प्रसूति गराइए पनि गाउँकै स्वास्थ्यचौकीमा आइसोलेशन सेन्टरमा गर्भवतीले बच्चा जन्माएको पहिलोपटक भएको बताइन्छ । स्वास्थ्यचौकीका इन्चार्ज घिमिरेले भने, “सुत्केरी व्यथा लागेपछि गाडी पठाउन आग्रह गरेपछि हामीले उनलाई स्वास्थ्यचौकीमा ल्याएका थियौँ, महिला र उनका श्रीमान्को परीक्षण गर्दा कोरोना पोजेटिभ आयो, गाउँमै पहिलोपटक कोभिड पोजेटिभ बिरामीको सुत्केरी गराउन पाउँदा खुशी भएका छौँ ।”

सार्दीखोला स्वास्थ्यचौकीमा सामान्य अवस्थाका महिलाको सुत्केरी गराउने गरे पनि जटिल अवस्थाकालाई पोखरा सिफारिश गर्ने गरिएको छ । पछिल्लो समय कोरोना सङ्क्रमण बढेपछि स्वास्थ्यचौकीमा १० शय्याको आइसोलेशन सेन्टर निर्माण गरिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ११ : ५० बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्