६ श्रावण २०८३, बुधबार | July 23, 2026

भारतबाट जीटुजीमार्फत दुई लाख टन मल ल्याइँदै



काठमाडौं । सरकार-सरकार (जीटुजी) मार्फत नेपालले छिमेकी मुलुक भारतबाट दुई लाख मेट्रिक टन रासायनिक मल ल्याउने भएको छ ।

बजारमा आपूर्ति व्यवस्था सहज पार्नका लागि आउँदो वर्ष जीटुजीमार्फत दुई लाख मेट्रिक टन मल ल्याउन लागेको हो । रासायनिक मल ल्याउनका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेकाले सम्झौता गर्न प्रक्रिया अगाडि बढाइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सचिव डा.योगेन्द्रकुमार कार्कीले मन्त्रिपरिषद्ले बजारमा मलको आपूर्ति व्यवस्था सहज पार्नका लागि स्वीकृति दिएकाले प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी दिए ।

पहिलो प्राथमिकता टेन्डर प्रक्रिया भएकाले टेन्डरबाट मल नआउँदा अधिकतम २ लाख मेट्रिक टन जीटुजीमार्फत ल्याउने सैद्धान्तिक सहमति भएको उनको भनाइ छ । प्रतिवर्ष २ लाख मेट्रिक टन मल ल्याउने तयारी गरिएको उनले जानकारी दिए । यो वर्ष बंगलादेशबाट मल आएकाले पर्याप्त स्टक रहेकाले धान रोप्ने बेला बजारमा अभाव नहुने पनि उनले जानकारी दिए ।

कृषि सामग्री कम्पनी लिमिटेडले भारतमा तोकिएको कम्पनीमार्फत रासायनिक मल ल्याउने छ । टेन्डर प्रक्रियाबाट मल नआउँदा र बजारमा मलको अभाव भएपछि जीटुजीमार्फत मल ल्याउने हो । मल ल्याउनका लागि सरकार टु सरकार र दुई कम्पनीबीच दुई चरणमा सम्झौता हुने मन्त्रालयले जानकारी दिएको छ । जीटुजीमार्फत मल आयात गरेपछि मल खरिदमा हुने कमिसन स्वतः हट्ने र यसका कारण किसानले सस्तो मूल्यमा मल पाउने मन्त्रालयको भनाइ छ ।

सरकारले बजारको मागअनुसार मल खरिद नगर्दा विगतका वर्षमा किसानले अभाव खेप्दै आएका थिए । समयमा मल आयात नहुँदा किसानले वर्षेनी धान रोप्ने बेला मलको चरम अभाव खेप्दै आएका थिए । चालू आर्थिक वर्षमा रासायनिक मल खरिद गर्नका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

आगामी आर्थिक वर्षका लागि एक अर्ब बढेर १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । मुलुकमा वार्षिक रूपमा सात लाख मेट्रिक टन रासायनिक मलको माग छ । मागअनुसार आयात नहुँदा वर्षेनी अभाव हुने गरेको थियो । कारोबार दैनिकमा खबर छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ६ : ५४ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क