११ कार्तिक २०८३, बुधबार | October 28, 2026

भारतबाट जीटुजीमार्फत दुई लाख टन मल ल्याइँदै



काठमाडौं । सरकार-सरकार (जीटुजी) मार्फत नेपालले छिमेकी मुलुक भारतबाट दुई लाख मेट्रिक टन रासायनिक मल ल्याउने भएको छ ।

बजारमा आपूर्ति व्यवस्था सहज पार्नका लागि आउँदो वर्ष जीटुजीमार्फत दुई लाख मेट्रिक टन मल ल्याउन लागेको हो । रासायनिक मल ल्याउनका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेकाले सम्झौता गर्न प्रक्रिया अगाडि बढाइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सचिव डा.योगेन्द्रकुमार कार्कीले मन्त्रिपरिषद्ले बजारमा मलको आपूर्ति व्यवस्था सहज पार्नका लागि स्वीकृति दिएकाले प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी दिए ।

पहिलो प्राथमिकता टेन्डर प्रक्रिया भएकाले टेन्डरबाट मल नआउँदा अधिकतम २ लाख मेट्रिक टन जीटुजीमार्फत ल्याउने सैद्धान्तिक सहमति भएको उनको भनाइ छ । प्रतिवर्ष २ लाख मेट्रिक टन मल ल्याउने तयारी गरिएको उनले जानकारी दिए । यो वर्ष बंगलादेशबाट मल आएकाले पर्याप्त स्टक रहेकाले धान रोप्ने बेला बजारमा अभाव नहुने पनि उनले जानकारी दिए ।

कृषि सामग्री कम्पनी लिमिटेडले भारतमा तोकिएको कम्पनीमार्फत रासायनिक मल ल्याउने छ । टेन्डर प्रक्रियाबाट मल नआउँदा र बजारमा मलको अभाव भएपछि जीटुजीमार्फत मल ल्याउने हो । मल ल्याउनका लागि सरकार टु सरकार र दुई कम्पनीबीच दुई चरणमा सम्झौता हुने मन्त्रालयले जानकारी दिएको छ । जीटुजीमार्फत मल आयात गरेपछि मल खरिदमा हुने कमिसन स्वतः हट्ने र यसका कारण किसानले सस्तो मूल्यमा मल पाउने मन्त्रालयको भनाइ छ ।

सरकारले बजारको मागअनुसार मल खरिद नगर्दा विगतका वर्षमा किसानले अभाव खेप्दै आएका थिए । समयमा मल आयात नहुँदा किसानले वर्षेनी धान रोप्ने बेला मलको चरम अभाव खेप्दै आएका थिए । चालू आर्थिक वर्षमा रासायनिक मल खरिद गर्नका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

आगामी आर्थिक वर्षका लागि एक अर्ब बढेर १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । मुलुकमा वार्षिक रूपमा सात लाख मेट्रिक टन रासायनिक मलको माग छ । मागअनुसार आयात नहुँदा वर्षेनी अभाव हुने गरेको थियो । कारोबार दैनिकमा खबर छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ६ : ५४ बजे

कात्तिक १२-१४ गतेसम्म उच्चसतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन

छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

काठमाडौँ । शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

प्रहरीको ‘स्वीप अपरेसन’ : ९२ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एकजना

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा