६ श्रावण २०८३, बुधबार | July 22, 2026

मेलम्चीको पानी उपत्यकामा असारसम्म वितरण नहुने



काठमाडौं । काठमाडौं उपत्यकामा असारदेखि केही समयका लागि मेलम्चीको पानी वितरण अवरुद्ध हुने भएको छ ।

आयोजनाको कार्यविधि (प्रोटोकल)अनुसार सुरुङको परीक्षण गर्नुपर्ने भएकाले केही समयका लागि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण अवरुद्ध हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमल श्रेष्ठले करिब तीन महिना पानी वितरण भइसकेपछि सुरुङको भित्री र बाहिरी अवस्था कस्तो छ, कहीँ फुटेको, भत्केको वा चर्केको छरछैन भन्ने थाहा पाउन तथा मर्मतसम्भार गर्न असारदेखि केही समयका लागि पानी वितरण अवरुद्ध हुने जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चैत १५ गते काठमाडौंमा मेलम्चीको पानी वितरणको शुभारम्भ गरेका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलमा जल प्रवाहको शुभारम्भ गरेका थिए ।

निर्देशक श्रेष्ठले भने, “निर्माण कम्पनीसँगको सम्झौताअनुसारको कार्यतालिकाभित्रकै यो काम हो । यो काम पहिला नै गर्नु पर्दथ्यो तर काठमाडौँवासीको लामो समयदेखिको व्यग्र पर्खाइ तथा सुक्खा याममा उपत्यकामा पानीको सहजताका लागि तीन महिना पानी वितरण गरेर सुरुङको निरीक्षण तथा मर्मत गर्न लागिएको हो ।” सुरुङको कुल लम्बाइ २७ किलोमिटर छ ।

कार्यतालिकाअनुसार सुरुङमा भरिएको पानी ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका चारवटा फ्लसिङ टनेलबाट बाहिर निकाली त्यसपछि सुरुङ पूरै खाली गरेर समस्या भए/नभएको अध्ययन गरिने निर्देशक श्रेष्ठले जानकारी दिए ।

उनले भने, “निर्माण कम्पनीसँग भएको सम्झौताको कार्यविधिमा नै आयोजनाको अन्तिम सुरुङमा पानी पठाएर खाली गरी निरीक्षण गर्ने, क्षति भएको अवस्थामा मर्मत सम्भार गर्ने र त्यसपछि कुनै समस्या नभएमा पुनः पानी भरी वितरण गरेपछि मात्र आयोजना सफल हुन्छ ।’’ गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ७ : ५८ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क