८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रदेश २ को सरकार टिकाउन जसपा अध्यक्ष यादवद्वारा कांग्रेससँग सत्तासहकार्यको प्रस्ताव



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कांग्रेस उपसभापति विमलेन्द्र निधिसँग सत्तासहकार्यको प्रस्ताव गरेका छन् ।

अध्यक्ष यादवले उपसभापति निधिसँग आग भेट गरेर सत्तासहकार्यको प्रस्ताव गरेका हुन् ।
जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष केन्द्रमा केपी ओली सरकारमा सामले हुने अन्तिम तयारी गरिरहेका बेला अध्यक्ष यादवले प्रदेश २ मा कांग्रेससँग सत्तासहकार्यको प्रस्ताव गरेका हुन् ।

प्रदेश २ मा यादव नेतृत्वको पूर्व समाजवादी पार्टीको तर्फबाट लालबाबु यादव मुख्यमन्त्रीमा रहेका छन् । तर, जसपाभित्र आएको विभाजनको असर प्रदेशमा पनि पर्ने निश्चित भएपछि यादवले कांग्रेसको साथ खोजेका हुन् । यादवले अहिलेको सरकारलार्य निरन्तारा दिनका लागि कांग्रेसको समर्थन खोजेका हुन् । यादवले आफुले केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेको बताएका थिए । देउवाको पक्षमा यादव पक्षका १२ जना सांसदले हस्ताक्षर गरेका छन् ।

कांग्रेस उपसभापति निधिले भने कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्न आग्रह गरेका छन् । निधिले तीन वर्षसम्म जसपाको मुख्यमन्त्री भएका कारण अब कांग्रेसको मुख्यमन्त्रीका लागि प्रस्ताव गरेका छन् । तर, यस विषयमा पार्टीमा छलफल गरी फेरि यादवसँग छलफल गर्र्ने कुरा निधिले बताएका छन् ।

प्रदेश २ प्रदेशसभा १०७ सदस्यीय रहेको छ । जहाँ जसपाका ५५ जना सांसद छन् । जसमध्ये यसमध्ये यादव पक्षसँग ३० सांसद छन् भने ठाकुर पक्षका २५ जना छन् ।

यस्तै, एमालेका २१, काँंग्रेसका १९ जना रहेका छन् । माओवादी केन्द्रका ११ जना सांसद रहेका थिए । तीमध्ये ४ जना एमालेमा प्रवेश गरेका कारण तिनीहरुको पद खारेज भएको छ भने एक जना समानुपातिकमा मनोनित गरेको छ । जसका कारण प्रदेशसभाको हालको संख्या १०४ रहेको छ । प्रदेशमा नयाँ सरकार बनाउन अब ५३ सांसदको आवश्यकता पर्दछ ।

जसपा विभाजित भएको अवस्थामा हालको अंकगणित अनुसार कसैको पनि सरकार बन्न सक्दैन । हालका मुख्यमन्त्री राउतकै सरकार टिक्न या कांग्रेस नेतृत्वको नयाँ सरकार बन्नका लागि पनि कम्तिमा तीन दल मिल्नैपर्ने बाध्यता रहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  २ : २२ बजे

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुँदै

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि

आजको मौसम : देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै

काठमाडौं । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ