७ आश्विन २०८३, बुधबार | September 23, 2026

कामचलाऊ प्रधानमन्त्री ओलीद्वारा कामचलाऊ मन्त्रिपरिषद् पुनर्गठन



काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले कामचलाउ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

धर्मराएको सत्ता टिकाउनकै लागि संवैधानिक धारा उपधाराहरू र संसदीय मान्यताहरूलाई आफुअनुकुल प्रयोग गरिरहेका प्रधानमन्त्री ओलीले आज फेरि मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

आगामी कात्तिक-मंसिरमा मध्यावधि चुनावको घोषणा गरेका प्रधानमन्त्री ओलीले प्रचलित मान्यता विपरित मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

जनता समाजवादी पार्टी जसपाको ठाकुर समुहको साथ पाएका ओलीले सोही समुहका १० जनालाई मन्त्री बनाएकाछन् । यससँगै एमालेकै कैयौं मन्त्रीहरूको जागिर चट भएको छ भने केही नयाँ अनुहार भित्रिएका छन् ।

ओलीले साविकको मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन मन्त्रीलाई हटाएका छन् । ति सबै एमालेका हुन् । आफुभन्दा जुनियर नेता राजेन्द्र महतो   उपप्रधानमन्त्री बनेपछि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी पनि बाहिरिएका छन् ।

नयाँ नियुक्त मन्त्रीहरूले शुक्रबार राति सपथ लिएका छन् । राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई सपथ दिलाएकी छिन् । यस्तै दुईजना राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले सपथ दिलाएका छन् ।

पुनर्गठन गरिएको मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री रहेका छन् । यस्तै १२,जना मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् ।

मन्त्रिपरिषद्को कार्यविभाजन यस्तो छ :

१. प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।

२. विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ

३. राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास

४. रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र

५. शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री

६. कृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षा

७. बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात

८. लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला

९. शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा

१०. अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई

११. विमल श्रीवास्तव : श्रम तथा रोजगार

१२. उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण

१३. लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था

१४. चन्दा चौधरी : मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

१५. एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद

१६. चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा

१७. रेणुका गुरुङ : राज्यमन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ८ : ५६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई