२३ बैशाख २०८१, आइतबार | May 6, 2024

पेट्रोल-डिजेलको मूल्य फेरि बढ्यो



काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) को मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १२५ रुपैयाँ, डिजेल र मट्टितेलको १०८ रुपैयाँ र हवाई इन्धनको ८० रुपैयाँ पर्नेछ ।

पछिल्लो पटक जेठ २ गते मूल्य बृद्धि गरी पेट्रोलको मूल्य १२३ रुपैयाँ, डिजल र मट्टितेलको १०६ रुपैयाँ र हवाई इन्धनको ७८ रुपैयाँ कायम गरिएको थियो ।

स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ ३३ पैसा, डिजलमा ३ रुपैयाँ ३३ पैसा र एलपी ग्याँसमा २५८ रुपैयाँ ४६ पैसा घाटा रहेको निगमको भनाइ छ ।

निरन्तर बढीरहेको कच्चा तेलको मूल्य एवम् अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन हुने क्रम जारी रहने हो भने निगमले आगामी दिनमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनु पर्ने बाध्यता आउन सक्ने प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ९ : ०७ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa