२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

अब पार्टी काममा समर्पित हुन्छु : महासचिव पोखरेल



काठमाडौं । उपप्रधानमन्त्रीबाट हटाइएका नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अब आफु पार्टीको काममा संलग्न हुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै महासचिव पोखरेलले उपप्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिएपछि पार्टीको काममा चुनौतीको सामना गर्न थप सक्रिय हुने बताएका हुन् ।

उपप्रधानमन्त्री र रक्षामन्त्री समेत रहेका पोखरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले पहिला रक्षामन्त्रीबाट हटाएका थिए । त्यसपछि सीसीएमसीको नेतृत्व सम्हालेका पोखरेललाई त्यहाँबाट पनि हटाउँदै अन्त्यमा उपप्रधानमन्त्रीबाटै हटाएका छन् । पोखरेलले भने प्रधानमन्त्रीसँग सल्लाह गरेर नै आफु सरकारबाट बाहिरिएको जिकिर गरेका छन् । अब कसरी अघि बढ्ने भन्ने बारे अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुराकानी भएको जनाउँदै उनले सोहिअनुसार अघि बढ्ने बताएका छन्। ‘उहाँसँग यस सम्वन्धमा कुराहरू भएका छन्। उहाँले मलाई परिस्थितिको गम्भीरताबारे बताउँदै आउनुभएको पनि छ र मैले उहाँको अन्तरआशयलाई राम्ररी बुझ्ने प्रयत्न पनि गर्दै आएको छु,’ उनले उल्लेख गरेका छन् ।

महासचिव पोखरेलले पार्टीभित्रको एकतामा सङ्कट देखापरेकाले यसबाट जोगाउन आग्रह पनि गरेका छन् । मुलुकलाई अराजकता र अस्तव्यस्ततातर्फ धकेल्ने, सामाजिक सद्भावलाई बिथोल्ने आदि दुष्प्रयत्न भैरहेको दाबी गर्दै पोखरेलले भनेका छन्, “यस्तो बेलामा सिङ्गो राष्ट्रले आम नेपाली जनताप्रति सुदृढ र जनआधारित एमालेप्रति आशा गरेको कुरालाई बुझ्न सकिन्छ, यो आवश्यकतालाई पूरा गर्ने चुनौतीपूर्ण उद्देश्यद्वारा निर्देशित हुनुपर्ने छ, यसका लागि पार्टीका सबै नेता, कार्यकर्ता, समर्थकलाई गोलबद्ध हुन अनुरोध गर्दछु ।”

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  १२ : १६ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२