७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रतिनिधिसभा विघटन मुद्दामा परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

आजै मात्र पुनर्गठन भएको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन गरेका छन् ।

यसअघि गठन भएको इजलासका दुई न्यायाधीसमाथि प्रश्न उठेपछि गत मंगलबार प्रधानन्यायाधीस राणाले इजलास वरिष्ठताका आधारमा पुनर्गठन गर्ने जनाएका थिए । न्यायाधीसद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि प्रश्न उठेपछि अर्का न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले सहकर्मी न्यायाधीसमाथि प्रश्न उठेपछि आफुहरु पनि इजलासमा नबस्ने जनाएका थिए ।

प्रतिनिधिसभा विघटन विरुद्ध संसदमा प्रतिनिधित्व गर्ने पाँच दलका १४६ सांसदहरुसहित ३० वटा निवेदन परेका छन् । तीमध्ये २६ वटा निवेदनमा कांग्रेसका शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरिनुपर्ने माग गरिएको छ भने ४ वटा निवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने माग गरिएको छ ।

आजको सुनुवाइपछि इजलासले अन्तरिम आदेश जारी गर्ने या नगर्ने निर्णय गर्नेछ । तर, सुनुवाइका क्रमममा सरकार पक्षका कानूनव्यवसायीहरुले भने नयाँ इजलासमाथि नै प्रश्न उठाउने तयारी गरेका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  १२ : २४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई