१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

जसपा प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री राउत चयन



जनकपुर । जनता समाजवादी पार्टी जसपा प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन भएका छन् ।

जसपा प्रदेश संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई दलको नेतामा चयन गरेको हो । पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा बसेको बैठकले दलको विधानलाई पनि पारित गरेको छ ।

बैठकको निर्णयमा यादव नेतृत्वका तत्कालिन समाजवादी पार्टीका ३० जना र ठाकुर नेतृत्वको तत्कालिन राजपाका ६ जना गरी ३६ जना सांसदले हस्ताक्षर गरेको बताइएको छ । प्रदेशसभामा जसपाका ५५ जना सांसदहरु रहेका छन् । राउत संसदीय दलको नेतामा चयन भएको जानकारी र संसदीय दलको विधान प्रदेशसभा सचिवालयमा आजै दर्ता गराउने योजना रहेको छ । गतवर्ष दुई पार्टी एकीकरण भएपछि संसदीय दलको विधान पारित र नेता चयन भएको थिएन ।

जसपाको महन्थ ठाकुर पक्ष केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सामेल हुने निर्णय गरेसँगै जसपा केन्द्रमा फुटको अवस्थामा पुगिसकेको थियो । कार्यकारिणिको बहुमतले अध्यक्ष ठाकुर, राजेन्द्र महतोसहित चार जना नेतालाई पार्टीबाट निस्काशन गरिसकेको छ । पार्टी व्यवहारिक रुपमा फुटिसकेपछि त्यसको प्रभाव प्रदेश २ मा पनि परेको हो । लालबाबु राउत नेतृत्वको सरकार जोगाउन अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र माओवादी केन्द्रसँग आग्रह गरिसकेका छन् ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  १ : १२ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना