६ पुस २०८२, आइतबार | December 21, 2025

प्रधानन्यायाधीस जबराले फेरि सम्झाए : सबै न्यायाधीसले मुद्दा हेर्न मिल्दैन भन्नु कसुर हो



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक इजलासको रोस्टमा रहेका सब न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्नु कसूर ठहर हुने पुनः स्पष्ट पारेका छन् ।

संवैधानिक इजलास गठन विरुद्ध सरकारवादी वकिलहरुले प्रश्न उठाउँदै पुरक निवेदन दर्ता गराउन खोजेपछि प्रधान्यायाधीस जबराले मानहानी कसुर आकर्षित हुने बताएका थिए । त्यसको प्रतिवाद गर्दै महान्यायाधिवक्ता रमेश बडाल, पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलसहितका सरकार पक्षका वकिलहरुले निरन्तर प्रश्न उठाएपछि जबराले न्यायपरिषद् ऐन हेर्न वकिलहरुलाई सम्झाएका छन् ।

सबै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्नु प्रधानन्यायाधीस जबराले न्याय परिषद ऐन अनुसार कसुर ठहर हुने स्पष्ट पारे । जबराले भने, ‘न्याय परिषद ऐन हेर्नुहोस् । सबै न्यायाधीशले हेर्न मिल्दैन भन्नु कसूर हो । त्यसैले मैले अपहेलना सम्झाएको हुँ ।’

त्यसपछि पनि सरकार पक्षका वकिल अघिल्लो इजलास भत्काउने न्यायाधीस दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराई यो इजलासमा बस्न नहुने तर्क गरेपछि प्रधानन्यायाधीसले ऐन सम्झाएका हुन् । अहिले चिया ब्रेक भएको छ ।

आजै गठन भएको इजलासको विषयमा सरकारवादी वकिलहरुले प्रश्न उठाएपछि इजलास मुल मुद्दामा प्रवेश नै गर्न सकेको छैन ।

प्रधानन्यायाधीस राणाले प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न वरिष्ठ न्यायाधीसहरु सम्मिलित संवैधानिक इजलास पुनर्गठन गरेका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  २ : ४८ बजे

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट