१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

संवैधानिक इजलासमा प्रकाश पौडेलको गीत- ‘आमा मलाई त्यही केटी चाहिन्छ’



काठमाडौं । संसद विघटन विरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा अधिवक्ता गोविन्द बन्दीले लोक गायक प्रकाश पौडेललाई स्मरण गरेका छन् । गायक पौडेलले केहिवर्ष अगाडि गाएका ‘आमा मलाई त्यही केटी चाहिन्छ’ भन्ने गीत युवा जगतमा निकै चर्चित भएको थियो । आज अदालतमा अधिवक्ता बन्दीले त्यही गीतको पङ्ती स्मरण गर्दै बहस टुङ्गाएका थिए । उनले गायक पौडेलको गीतमा भनिएको ‘आमा मलाई त्यही केटी चाहिन्छ’ भन्ने वाक्य र राष्ट्रपतिले जसरी पनि केपी शर्मा ओली नै प्रधानमन्त्री हुनुपर्छ भन्ने मानसिकता एउटै भएको जिकीर गर्दै बहस सकेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदले हालेको रिटमा संवैधानिक इजलासमा सुरु भएको बहसमा भाग लिँदै बन्दीले मुख्यतया ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी परिसकेपछि त्यसलाई अस्वीकार गर्ने अधिकार राष्ट्रपतिलाई हुने की नहुने ? विश्वास गुमाइसकेको व्यक्तिले फेरि प्रधानमन्त्रीमा दाबी गर्न मिल्छ की मिल्दैन ?, ७६(५) मा राजनीतिक दलको ह्वीप लाग्छ कि लाग्दैन ? तथा ७६(५) मा सरकार बनाउँदा भोलीका दिनमा के हुन्छ भनेर राष्ट्रपतिले पहिले नै आकलन गर्न मिल्ने हो वा होईन ? भन्ने प्रश्न उठाएका छन् ।

बन्दीले प्रधानमन्त्री ओलीलाई नियुक्त गर्दा राष्ट्रपति संविधानभन्दा बाहिर गएको र राजनीतिमा प्रवेश गरेको आरोप समेत लगाए । ‘संविधानको धारा ७६(५) मा राजनीतिक दलसम्बन्धी ऐन लाग्छ भनेर कुन कानुनमा लेखेको छ ?’ उनले प्रश्न गरे, ‘एमाले केन्द्रीय समितिमा माधवकुमार नेपाल र झलनाथ खनालको बहुमत पुग्दैन भन्ने राष्ट्रपति को ?’

जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर र राजेन्द्र महतोको पत्र कार्यालय समय पछाडि दर्ता भएको र मध्यरातमा संसद भंग गरिएको बताउँदै उनले राष्ट्रपतिको नियत खराब देखिएको बताए ।

 

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  २ : १२ बजे

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,