१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनवाइ सुरु भएको छ ।
प्रधान्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा वरिष्ठ न्यायाधीसहरु सम्मिलित इजलासमा आजबाट निरन्तर सुनुवाइ सुरु भएको हो ।

सुनुवाइको सुरुमा रिट निवेदक शेरबहादुर देउवासमेत १४६ सांसदहरुको पक्षबाट कानूनव्यसायीहरुले बहस सुरु गरेका छन् ।

बहसको सुरुवाट अधिवक्ता खम्बबहादुर खातीले गरेका छन् । खातीपछि आज अधिवक्ता गोविन्द शर्मा बन्दीले बहस गर्नेछन् । त्यसपछि वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, शम्भु थापा र महादेव यादव बहस गर्ने छन्।

बहस सुरु हुनुअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पक्ष विपक्षका कानूनव्यवसायीलाई यसअघि नै निर्धारित समयबारे स्मरण गराएका थिए । इजलासले रिट निवेदकका लागि सुरुमा १२ घण्टाको समय छुट्याएको छ ।

यस्तै, विपक्षीका लागि १५ घण्टाको समय छुट्याइएको छ भने फेरि जवाफी बहसका लागि रिट निवेदशलाई ३ घण्टाको समय छुट्याइएको छ । यस्तै, एमीकस क्यूरीका सदस्यहरुलाई २ घण्टाको समय रहेको छ । प्रधानन्यायाधीस राणाले निर्धारितस समयभित्र ककसले बहस गर्ने आफै छुट्याउन आग्रह गरेका छन् ।

देउवासहितका १४६ जना प्रतिनिधिसभाका सांसदहरुले प्रतिनिधिसभा विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १२ : १६ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर