२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनवाइ सुरु भएको छ ।
प्रधान्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा वरिष्ठ न्यायाधीसहरु सम्मिलित इजलासमा आजबाट निरन्तर सुनुवाइ सुरु भएको हो ।

सुनुवाइको सुरुमा रिट निवेदक शेरबहादुर देउवासमेत १४६ सांसदहरुको पक्षबाट कानूनव्यसायीहरुले बहस सुरु गरेका छन् ।

बहसको सुरुवाट अधिवक्ता खम्बबहादुर खातीले गरेका छन् । खातीपछि आज अधिवक्ता गोविन्द शर्मा बन्दीले बहस गर्नेछन् । त्यसपछि वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, शम्भु थापा र महादेव यादव बहस गर्ने छन्।

बहस सुरु हुनुअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पक्ष विपक्षका कानूनव्यवसायीलाई यसअघि नै निर्धारित समयबारे स्मरण गराएका थिए । इजलासले रिट निवेदकका लागि सुरुमा १२ घण्टाको समय छुट्याएको छ ।

यस्तै, विपक्षीका लागि १५ घण्टाको समय छुट्याइएको छ भने फेरि जवाफी बहसका लागि रिट निवेदशलाई ३ घण्टाको समय छुट्याइएको छ । यस्तै, एमीकस क्यूरीका सदस्यहरुलाई २ घण्टाको समय रहेको छ । प्रधानन्यायाधीस राणाले निर्धारितस समयभित्र ककसले बहस गर्ने आफै छुट्याउन आग्रह गरेका छन् ।

देउवासहितका १४६ जना प्रतिनिधिसभाका सांसदहरुले प्रतिनिधिसभा विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १२ : १६ बजे

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी

सरकारको जवाफ – ‘सातामा दुई दिन सार्वजनिक बिदा हट्दैन’

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज