१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

राष्ट्रपतिले जारी गरिन् स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको सुरक्षासम्बन्धी अध्यादेश (पूर्णपाठसहित)



काठमाडौं । लामो समयदेखि स्वास्थ्कर्मीहरुले माग गर्दै आएको स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्बन्धि कानुन अध्यादेश मार्फत आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा प्रेसित विज्ञप्तिमार्फत जानकरी गराएको छ ।

राष्ट्रपतिबाट जारी अध्यादेशमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा आघात पुर्‍याउनेलाई दुई लाख रुपैयाँ जरिवाना वा चार वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ भने स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्नेलाई पनि समान सजाँयको भागिदार बनाईएको छ ।

अध्यादेशमा बिरामीको उपचारमा अवरोध गर्नेलाई २० हजार रुपैयाँसम्म जरिवाना र तीन महीनासम्म कैदको सजाय व्यवस्था गरिएको छ भने स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई धम्की दिने, मानसिक तनाव दिने वा अपमानजनक व्यवहार गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्ष कैद वा दुवै सजायको व्यवस्था गरिएको छ ।

 

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/स्वास्थ्यकर्मी-तथा-स्वास्थ्य-संस्थाको-सुरक्षा-सम्बन्धी-अध्यादेश-२०७७.pdf”]

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ५ : ५८ बजे

निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्नू : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन

मौद्रिक नीति अर्धवार्षिक समीक्षा : क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको

निर्वाचनको बेला तीन दिन सार्वजनिक बिदा

काठमाडौं । सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच मुलुकका