११ भदौ २०८३, बिहिबार | August 27, 2026

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

बन्दी प्रत्यक्षीकरण रिटमा आदेश जारी गर्दै उनलाई गैरकानुनी थुनाबाट मुक्त गर्न निर्देशन दिएको हो ।

मंगलबार न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई थुनामा राख्ने आधार पर्याप्त नभएको ठहर गर्दै रिहा गर्न आदेश दिए ।

यसअघि सोमबार न्यायाधीश नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगले कारबाहीका लागि प्रहरीलाई पठाएको निर्णयसम्बन्धी सक्कल फाइल झिकाउन आदेश दिएको थियो।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले जिल्ला प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाई रिट दायर गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंले सर्वोच्चमा पेश गरेको लिखित जवाफमा निर्वाचन आयोगले फागुन ३ गते पठाएको पत्रका आधारमा फागुन ४ गते प्रसाईंलाई पक्राउ गरिएको उल्लेख गरेको थियो।

सर्वोच्चले आफ्नो आदेशमा निर्वाचन आयोगले प्रसाईंमाथि अनुसन्धान र कारबाही गर्न लेखी पठाउने निर्णयसहितको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउन निर्देशन दिएको थियो।

निर्वाचन आयोगको पत्रपछि प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो भने अब सर्वोच्चको आदेशसँगै उनको रिहाइको प्रक्रिया अघि बढ्ने भएको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ५ : ४२ बजे

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल