१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

नयाँ शैक्षिक सत्र असार १ बाटै सुरु गरिने



काठमाडौं । भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ ।

विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मातहतका अधिकारीलाई निर्देशन दिए ।

वैकल्पिक विधिको प्रबन्ध गरेर भए पनि नयाँ शैक्षिक सत्र अगाडि बढाउनुपर्ने र त्यसका लागि तयारी गर्नुपर्ने निर्देशन मन्त्री श्रेष्ठले दिए ।

सरकारको यो निर्णयअनुसार अब कक्षा १० सम्म विद्यार्थीको नयाँ शैक्षिक सत्रको पठनपाठन असार १ गतेबाट सुरु हुनेछ । एसईई प्रक्रियामै रहेकोले अहिलेको अवस्था कक्षा १० मै नयाँ र पुराना गरी दुई समूह छन् ।

मन्त्री श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को परीक्षाफल चाँडै प्रकाशन गर्ने व्यवस्था मिलाउनसमेत निर्देश गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको आन्तरिक मूल्याङ्कनलगायतको विषयमा स्पष्ट पार्न कार्यविधि बनाउने तयारी भइरहेको र कार्यविधि जेठ महिनाभित्र जारी गरिने जनाएको छ ।

यसका साथै नयाँ शैक्षिक सत्रसँगै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक पु९याउन र पाठ्यपुस्तकको ढुवानीको आवश्यक प्रबन्ध मिलाउन सीसीएमसीमार्फत मन्त्रिपरिषद्मा पत्र लेखेर पठाउने निर्णय गरिएको छ ।

सरकारले चालू आर्थिक वर्षमा शिक्षा क्षेत्रमा घोषणा गरेका नीति तथा कार्यक्रमको कार्यान्वयन साउन १ गतेबाटै गर्न मन्त्री श्रेष्ठले निर्देशन गरे । सरकारले प्रारम्भ गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा लैजान आवश्यक कार्यविधि बनाउनसमेत उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विभिन्न निकायका अधिकारीलाई निर्देश गरे ।

यसैबीच जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक सहज ढुवानी र बिक्री वितरणका लागि आवश्यक वातावरण बने जेठ मसान्तभित्र विद्यार्थीको हातमा पुस्तक पुर्‍याइने जनाएको छ ।

अझै एक साता सहज रूपले पुस्तक बिक्री वितरण मिलाउन पाए विद्यार्थीको हातमा पुस्तक पुर्याउने उनको भनाइ छ । यस वर्षका लागि आवश्यक पुस्तक छपाइ गरी प्रदेश कार्यालयमा पु¥याइएको र ती पुस्तक विद्यालयसम्म पु¥याउन मात्र यतिबेला समस्या भएको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ६ : ४६ बजे

स्थिरता, सुशासन र पूर्वाधार – विष्णु पौडेलको अनुभव, दृष्टि र विकासको खाका

बुटवल । समकालीन नेपाली राजनीतिमा संगठनात्मक अनुशासन, आर्थिक दृष्टिकोण र

कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

बागलुङ । नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना

मतदाता आकर्षित गर्न आ-आफ्नै ‘एजेन्डा’

काठमाडौं । यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा

संखुवासभा-ताप्लेजुङ सीमाक्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमाक्षेत्रमा शुक्रबार बिहान भूकम्पको धक्का