९ माघ २०८१, बुधबार | January 23, 2025

द ब्रिटिश कलेज र राष्ट्रिय आविस्कार केन्द्रले कोभिड–१९ राहत कार्यमा सहकार्य गर्ने



काठमाडौँ । थापाथलीस्थित रहेको द ब्रिटिश कलेज र राष्ट्रिय आविस्कार केन्द्रले संयुक्त रुपमा कोरोना महामारीविरुद्ध लड्न नयाँ सामाजिक कल्याण सहयोगको घोषणा गरेका छन् ।

दुवै संस्थाले संयुक्त रुपमा मिलेर नेपालको वर्तमान संकटको अवस्थामा सहयोगको निम्ती नेशनल इनोभेशन सेन्टर लाई थप उर्जाशील बनाउन र राहतकार्य लाई अझ सुदृढ पार्नको लागि एक परियोजना अगाडि बढाउने भएका हुन् ।

कलेजका निर्देशक महेन्द्र राज कँडेलले भने,’नेशनल इनोवेशन सेन्टरसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । ब्रिटिश कलेजले लामो समयदेखि यस्ता प्रकारको साझेदारी र सामाजिक कार्यहरू गर्दै आएको छ । हामी विश्वास गर्दछौँ कि कोभिड १९ विरूद्ध लड्न यसले धेरै सहयोगी भुमिका खेल्नेछ । आउने दिनमा पनि यी प्रकारका साझेदारी र सिएसआर गर्दै जानेछौँ ।’

सामूहिक रूपमा, टिबिसी र एनआइसीले कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवयश्क स्वास्थ्य सामाग्रीहरु वितरण गर्ने लक्ष्य राखेको छ ।

यो संकटको समयमा आम मानिसलाई आवश्यक सेवाहरू प्रदान गरिने बताइएको छ । यसका लागि टिबिसीले राष्ट्रिय आविस्कार केन्द्रलाई अनुदान दिनेछ । यो उदेश्यक प्राप्तिका लागि एनआइसीले सांगठनिक र व्यक्तिगत रुपमा निरन्तर अनुसन्धान गर्दै योगदान गर्नेछ ।

यस क्रममा संयुक्त रुपमा टिबिसी र एनआइसीले कोभिड–१९ राहत कार्यक्रमलाई विभिन्न तरिकाले अगाडि बढाइने बताइएको छ । कोभिड राहतको क्षेत्रमा नयाँ घटनाक्रमको बारेमा अनुसन्धान गर्ने, फ्रन्टलाइन खटेर कामगर्नेहरूलाई सहयोग पु¥याउन सुरक्षात्मक उपकरण विकास गर्ने, र भेन्टिलेटरजस्ता सान्दर्भिक चिकित्सा उपकरणहरू मर्मत गर्ने र ल्याउने कामलाई सञ्चालनमा ल्याउनेछ।

वितरण र पहुँच केन्द्रित गर्ने सुनिश्चित गर्नको लागी सबैभन्दा धेरै खाँचोमा परेकाहरुलाई सहयोग पु¥याइनेछ । टिबिसीको इनोवेशन हब र इनक्युबेशन सेन्टरमा कलेजका विद्यार्थीहरूद्वारा सम्बन्धित प्राजेक्टमा अनुसन्धान हुनेछ ।
एनआईसी अधिकारीहरूद्वारा निरिक्षण र प्रोत्साहन गर्नका लागि सेमिनार, वेबिनारहरू र कार्यशालाहरू गर्नेछन् । यसले महामारीका बीच कसरी संकटको सामना गर्ने सोच विकास गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ११ : ५९ बजे

एकीकृत खानेपानी आयोजना कार्यान्वयन मोडालिटी तयारीसम्बन्धी छलफल

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव तथा एसियाली विकास बैंक (एडिबी)

सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने एक

कटुवाल बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा

बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५

अध्यादेशको प्रतिरक्षामा एमाले संसदीय दल

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलले सरकारले ल्याएको छ वटा

राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिनु हुँदैन : सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रलाई नकारात्मक प्रभाव