१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र मंगलबारबाट बिक्री खुला



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको 8.5% RBBL डिबेन्चर, 2083 नामको ऋणपत्र जेठ २५ गते मंगलबार बाट बिक्री खुला हुने भएको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।

8.5% RBBL डिबेन्चर, 2083 नामको प्रतिकित्ता रू. १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई बिक्री गरिने र सो का लागि ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक “एनआईबिएल एस क्यापिटल लिमिटेड” र निष्काशनकर्ता कम्पनी “राष्ट्रिय वाणिज्य बैंक लिमिटेड”को आपसी सहमतिमा बिक्री वितरण गरिने छ । साथै, सर्वसाधारणका लागि छुट्याईएको ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारण नेपालीकालागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिनेछ ।

छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्रीमा रहने यस ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

बैंकको यस ऋणपत्रलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा प्रर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा रहेको संकेत गर्ने CARE-NP A+(Is) रेटिङ्ग प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट स्विकृत भएको विवरणपत्र बैंकको वेबसाइटमा समेत राखिएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ३ : ५९ बजे

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी उजुरीको अनुसन्धान गरी छिटो

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको

नेटवर्क नक्शामा पुरै जम्मुकाश्मिरलाई पाकिस्तानमा राखेपछि वायुसेवा निगमले माग्यो माफी

काठमाडौं। नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नेटवर्क नक्सामा

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी