१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ कार्यान्वयनमा, निषेधाज्ञा उल्लंघन गर्ने भाटभटेनी स्टोरलाई ४ लाख जरिवाना



काठमाडौं । निषेधाज्ञाको उल्लंघन गरेको भन्दै कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई चार लाख जरिवाना गरिएको छ । निषेधाज्ञाको उल्लंघन गरी स्टोर खोलेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले भाटभटेनीलाई ४ लाख जरिवाना तोकेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार स्थानीय प्रशासनको आदेश पालना नगरेको आरोपमा स्टोरसँग चार लाख रुपैयाँ जरिवाना गरिएको काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । हालै जारी भएको अध्यादेशमा व्यक्तिले निषेधाज्ञा उल्लंघन गरेमा एक लाख र संस्थाले उल्लंघन गरे पाँच लाखसम्म जरिवाना असुल्न सक्ने व्यवस्था गरिएको छ ।

निषेधाज्ञाको उल्लंघन गर्दै सोमबार दिउँसो भाटभटेनी संचालन गरेपछि कोटेश्वर शाखाका प्रबन्धक सागर गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । उपत्यकामा जारी निषेधाज्ञामा बिहान ९ बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न पाउने आदेश गरिएको भएपनि दिनभर भाटभटेनी खुला रहेको सूचनाका आधारमा प्रशासनले अनुगमन गरेकोमा सो स्टोर खुल्ला रहेको पाईएपछि प्रबन्धक गुरुङलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  १० : ५९ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज