३२ असार २०८३, बिहिबार | July 16, 2026

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै



धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदैछन् । आज बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन् ।

आइतबार नेकपा एमालेका सांसद पठान सिंह बोहोराले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्रीलाई विश्वास नरहेको बताएका थिए । त्यसपछि भट्टले सोमबार नै विश्वासको मत लिने योजना बनाएका थिए । तर नियमानुसार सोमबार नमिलेपछि भट्टले आज विश्वासको मत लिन लागेका हुन् ।

बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बताएका छन् ।

प्रदेशसभा सचिवालयले यसका लागि सबै तयारी गरिकेको छ । विश्वासको मतको पक्ष, विपक्ष र तटस्थमा छुट्टाछ्ट्टै मत खसाल्ने व्यवस्था मिलाइएको छ ।

५२ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न २७ मत हासिल गर्नुपर्छ । प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । एमालेका सभामुखबाहेक २४ सांसद रहेका छन् ।

एमालेभित्र मुख्यमन्त्रीलाई समर्थन नगर्ने र गर्ने विषयमा विवाद छ । पार्टी केन्द्रमा देखिएको विभाजनको असर प्रदेशसभा संसदीय दलमा पनि परिसकेका छ । माधव नेपाल पक्षले मुख्यमन्त्री भट्टलाई समर्थन दिने जनाएको छ । नेपाल पक्ष सरकारमा सहभागी छ । तर, पार्टीको संस्थापन ओली पक्षले भने समर्थन फिर्ता लिएको छ । माधव पक्षमा १५ जना सांसद रहेका छन् । ओली पक्षमा ६ जना रहेका छन् । पहिला माधव पक्षमा रहेका ३ जना सांसद अहिले पार्टी विवादमा तटस्थ रहेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ८ : ४४ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना