१० चैत्र २०८२, मंगलबार | March 25, 2026

काठमाडौंको बौद्धमा बोरामा पोको पारेर फालेको अवस्थामा शव फेला



काठमाडौं । काठमाडौंको नयाँबस्तीमा बोरा भित्र पोको पारेर फालिएको अवस्थामा शव फेला परेको छ । मंगलबार बिहान स्थानीयले बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

स्थानीयले खबर गरेपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार बोरामा शव भेटिएको सूचनाका आधारमा प्रहरी घटनास्थल पुगेको हो ।

एसपी बस्नेतले भने, ‘नयाँ बस्तीमा बोरा भित्र पोको पारेर राखेको अवस्थामा शव भेटिएको सूचना आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । अहिले कसको शव हो, घटना के हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’

हत्या गरेर शव फालेको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ९ : ०४ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण