१४ असार २०८३, आइतबार | June 28, 2026

एमाले नेता पूर्वमन्त्री स्व. दीनेश यादवको छोराको शव राप्ती बगरमा भेटियो



नेपालगन्ज । संघीय सरकारका पूर्वमन्त्री एवं एमाले बाँकेका नेता स्वर्गीय दिनेश यादवको छोरा भारतमा मृत फेला परेका छन् । यादवका माहिला छोरा धनन्जय यादवको आज भारत श्राबस्तीको राप्ती बगरमा शव फेला परेको छ ।

नेपाली नागरिकता परित्याग गरेर श्राबस्तीको भेनगा बजारमा बसोबास गर्दै आएका धनन्जयलाई गत भाद्र ५ गते अपहरण गरिएको र आज मध्यान्ह भारतकै राप्ती तटमा शव फेला परेको एमाले लुम्बिनी प्रदेश परिषद सदस्य पदमबहादुर धितालले जानकारी दिए । उनले भारतीय स्थानीय निकायमा सरपञ्च पदमा निर्वाचित धनन्जयलाई ५ गते राती ८ बजे उनकै घरबाट अपहरण गरेर लगिएको धितालले बताए ।

धितालले सामाजिक सञ्जालमा अपहरणमा संलग्न अपराधीको पत्ता लगाई कडा काराबाही गर्न पनि माग गरेका छन् । भारतीय भुमिमा घटना भएको हुन सक्ने भन्दै बाँके प्रहरीले भने घटनाका बिषयमा अनबिज्ञता प्रकट गरेको छ ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  ९ : २५ बजे

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट

कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)

प्रतिगमनविरुद्ध लोकतान्त्रिक र वामपन्थी शक्ति एक हुनुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

वामपन्थी सहकार्य अहिलेको आवश्यकता : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

भावनाले होइन, आत्ममन्थनपछि मात्रै सम्भव छ कम्युनिस्ट एकता : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार