२१ भदौ २०८३, आइतबार | September 6, 2026

मन्त्रीको झमेलाले प्रदेश सभा अवरोध, कर्णालीमा आज बैठक बस्दै



सुर्खेत । कर्णाली प्रदेश सभाको प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि मंगलवार पनि प्रदेशसभा बैठक बस्न सकेन ।

प्रदेश सभाको बैठक सोमवार दिउँसो २ः०० बजे र साँझ ५ः०० बजे बसेको थियो । पहिलो बैठकमा प्रारम्भमै एमाले संसदीय दलका यामलाल कँडेलले फौजदारी अभियोग लागेका व्यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश पोखेका थिए ।

दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमालेका सदस्यले बैठक अवरुद्ध गरेका थिए । मंगलवार बैठक सञ्चालनका लागि सरकार र प्रतिपक्षबीच ३ घण्टा वार्ता भयो । त्यसको टुंगो नलागेपछि बैठक नै बस्न सकेन ।

दुवै पक्षबीचको निष्कर्षविहीन वार्तालाई विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले जेठ २६ गते बुधवार अपराह्न २ बजेसम्मका लागि बैठक स्थगनको सूचना गरेको छ । रासस

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ६ : ३४ बजे

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७