१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

जडीबुटी बेचेर चार करोड राजस्व असुली



कर्णाली । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट रु चार करोड राजस्व सङ्कलन गरेको छ ।

कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार बिक्री भएका ५८ प्रजातिका जडीबुटीबाट रु चार करोड १७ लाख ६८ हजार ९९९ राजस्व सङ्कलन गरिएको छ । जडीबुटीमा प्रतिकेजी रु ५० राजस्व दर भएको एक लाख ८१ हजार ६०९ केजी निकासी गरिएको झ्याउबाट रु ९५ लाख ८५ हजार ४०० राजस्व सङ्कलन भएको उक्त मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले जानकारी दिए ।

यसैगरी, ९६ हजार ७९२ केजी निकासी गरिएको जटामसीबाट रु ८७ लाख ८८ हजार ८७५ राजस्व सङ्कलन गरिएको छ । उक्त जडीबुटीको राजस्व दर रु ७५ रहेको छ । यार्सागुम्बा ९जीवनबुटी०बाट रु ७५ लाख ४४ हजार ३७१ राजस्व सङ्कलन भएको जनाउँदै सूचना अधिकारी नेपालीले प्रतिकेजी रु ३१ हजार राजस्व रहेको यार्सागुम्बाको परिमाण भने २५१ किलाग्राम ६५६ ग्राम मात्र बिक्री भएको बताए ।

उनका अनुसार राजस्व दर प्रतिकेजी रु ४० निर्धारण भएको ३४ हजार ४४५ केजी कटुसी बिक्रीबाट रु २३ लाख ८१ हजार ६८० राजस्व सङ्कलन भएको छ । प्रतिकेजी रु २५ राजस्व दर भएको सेतक चिनीबाट रु २० लाख ४६ हजार ५७५ राजस्व सङ्कलन भएको छ । सेतक चिनी कर्णालीबाट ४१ हजार ७३२ केजी बिक्री भएको थियो ।

प्रतिकेजी रु १० राजस्व दर निर्धारण गरिएको टिमुरबाट रु १९ लाख ३९ हजार ४००, प्रतिकेजी रु ५० राजस्व दर भएको सिलाजितबाट रु नौ लाख ७७ हजार ८५०, प्रतिकेजी रु २५ राजस्व दर भएको सुगन्धवालबाट रु नौ लाख ५० हजार ५८०, प्रतिकेजी रु तीन राजस्व दर भएको रिठ्ठाबाट रु नौ लाख ४७ हजार ८३८ राजस्व सङ्कलन भएको सूचना अधिकारी नेपालीले बताए ।

उक्त आर्थिक वर्षमा जम्मा २१ लाख ५८ हजार ५८२ दशमलव ९४५ केजी सङ्कलन गरिएकोमध्ये कर्णाली प्रदेशले १९ लाख ४६ हजार ८७५ दशमलव ७०५ केजी जटीबुटी यहाँबाट निकासी गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  १० : ०४ बजे

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौं । सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट रु

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा

‘अर्नब’प्रभावबाट कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली

भुटानमा शिंताफू हिमताल फुट्यो, लाया क्षेत्र सडक सम्पर्कविहीन

काठमाडौं । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि