६ श्रावण २०८३, बुधबार | July 22, 2026

नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट बनाउन नागरिकसँग भर्चुअल सुझाव संकलन



बर्दिया । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले नीति तथा कार्यक्रम निर्माणका लागि स्थानीय जनतासँग भर्चुअल बैठक बोलाएर सुझाव संकलन गरेको छ । नगरपालिकाले कोभिड १९ का कारण गाउँगाउँ गएर सुझाव संकलनगर्न सम्भव नभएपछि भर्चुअल (जुम बैठकबाट) सुझाव संकलन गरेको हो ।

बैठकमा सहभागिहरुले कृषि, पशुपालन, पर्यटन, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा आई परेको समस्यालाई नीति तथा कार्यक्रममा राख्न सुझाव दिएका छन् । बैठकमा सहभागीहरुले कृषिलाई आधुनिकीकरण गरि सिचाई र चक्लाबन्दीगर्नु पर्ने, पशुपालन क्षेत्रलाई ब्यबस्थित र ब्याबसायिक बनाउने खालका कार्यक्रमहरु ल्यानु पर्ने सुझाव दिएका छन् । त्यसैगरी बारबर्दिया नगरपालिका पर्यटन क्षेत्रका लागि सम्भावना भएको नगरपालिका भएकाले पर्यटन प्रवद्र्धन गर्नु पर्ने, बारबर्दिया नगरपालिकाको पहिचानहुने धार्मिक स्थललाई पनि सुधार गर्नु पर्ने र जंगली जनावरहरुबाट सुरक्षित बनाउन तारबार योजना ल्याउनु पर्ने सुझाव दिएका छन् । त्यसैगरी संघीय नीति तथा कार्यक्रममा जस्तै विद्यालयका शिक्षक, कर्मचारीहरुको सेवा सुबिधा थपिनुपर्ने माग समेत गरेका छन् ।

स्थानियले बारबर्दियामा विकृतिका रुपमा रहेको बालविवाह, आत्महत्या, अवैध मदिरा बेचबिखन तथा सेवन जस्ता सामाजिक समस्या समाधनका कार्यक्रमहरु ल्यानुपर्ने सुझाव दिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार जेष्ठनागरिक,महिला, किशोरकिशोरी, वालवालिकाहरुको सशक्तीकरणका कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटिनु पर्ने सुझाव दिइएको छ । बैठकमा बिदेश तथा नेपालका बिभिन्न जिल्लाबाट गरि करिब ३५ जना सहभागिले सुझाव दिएका थिए ।

नीति कार्यक्रम तथा बजेट निर्माण सम्बन्धी सुझाब संकलन भर्चुवल बैठकमा बारबर्दिया नगररपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारु कबिरले सहभागिहरुले दिएको सुझाबलाई आत्मसाथ गरेर आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेटमा समेट्न भरपुरप्रयास गर्ने बताएका छन् । उनले कोरोना महामारीकाकारणले भौतिक उपस्थिति हुन नसक्ने अवस्था भर्चुवल बैठक गरिएको जानकारी दिए । सल्लाह सुझाबकालागि ईमेल, फेसबुक पेज तथा म्यासेजबाट पनि दिन सकिने उनले बताए ।

बारबर्दिया नगरपालिकाका नगर उपप्रमुख अञ्जु दहितले सहभागिहरुले दिएको सुझावलाई आत्मसाथ गरि कार्यान्वयनतर्फ लैजाने बताईन् । बैठकमा प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, जनप्रतिनिधि, शाखाअधिकृत तथा शाखाप्रमुखहरु, सस्थागत तथा ब्यक्ति सहभागिहरु गरि करिब ७५ भन्दा बढिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ७ : ५५ बजे

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,