२० मंसिर २०८२, शनिबार | December 6, 2025

नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट बनाउन नागरिकसँग भर्चुअल सुझाव संकलन



बर्दिया । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले नीति तथा कार्यक्रम निर्माणका लागि स्थानीय जनतासँग भर्चुअल बैठक बोलाएर सुझाव संकलन गरेको छ । नगरपालिकाले कोभिड १९ का कारण गाउँगाउँ गएर सुझाव संकलनगर्न सम्भव नभएपछि भर्चुअल (जुम बैठकबाट) सुझाव संकलन गरेको हो ।

बैठकमा सहभागिहरुले कृषि, पशुपालन, पर्यटन, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा आई परेको समस्यालाई नीति तथा कार्यक्रममा राख्न सुझाव दिएका छन् । बैठकमा सहभागीहरुले कृषिलाई आधुनिकीकरण गरि सिचाई र चक्लाबन्दीगर्नु पर्ने, पशुपालन क्षेत्रलाई ब्यबस्थित र ब्याबसायिक बनाउने खालका कार्यक्रमहरु ल्यानु पर्ने सुझाव दिएका छन् । त्यसैगरी बारबर्दिया नगरपालिका पर्यटन क्षेत्रका लागि सम्भावना भएको नगरपालिका भएकाले पर्यटन प्रवद्र्धन गर्नु पर्ने, बारबर्दिया नगरपालिकाको पहिचानहुने धार्मिक स्थललाई पनि सुधार गर्नु पर्ने र जंगली जनावरहरुबाट सुरक्षित बनाउन तारबार योजना ल्याउनु पर्ने सुझाव दिएका छन् । त्यसैगरी संघीय नीति तथा कार्यक्रममा जस्तै विद्यालयका शिक्षक, कर्मचारीहरुको सेवा सुबिधा थपिनुपर्ने माग समेत गरेका छन् ।

स्थानियले बारबर्दियामा विकृतिका रुपमा रहेको बालविवाह, आत्महत्या, अवैध मदिरा बेचबिखन तथा सेवन जस्ता सामाजिक समस्या समाधनका कार्यक्रमहरु ल्यानुपर्ने सुझाव दिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार जेष्ठनागरिक,महिला, किशोरकिशोरी, वालवालिकाहरुको सशक्तीकरणका कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटिनु पर्ने सुझाव दिइएको छ । बैठकमा बिदेश तथा नेपालका बिभिन्न जिल्लाबाट गरि करिब ३५ जना सहभागिले सुझाव दिएका थिए ।

नीति कार्यक्रम तथा बजेट निर्माण सम्बन्धी सुझाब संकलन भर्चुवल बैठकमा बारबर्दिया नगररपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारु कबिरले सहभागिहरुले दिएको सुझाबलाई आत्मसाथ गरेर आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेटमा समेट्न भरपुरप्रयास गर्ने बताएका छन् । उनले कोरोना महामारीकाकारणले भौतिक उपस्थिति हुन नसक्ने अवस्था भर्चुवल बैठक गरिएको जानकारी दिए । सल्लाह सुझाबकालागि ईमेल, फेसबुक पेज तथा म्यासेजबाट पनि दिन सकिने उनले बताए ।

बारबर्दिया नगरपालिकाका नगर उपप्रमुख अञ्जु दहितले सहभागिहरुले दिएको सुझावलाई आत्मसाथ गरि कार्यान्वयनतर्फ लैजाने बताईन् । बैठकमा प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, जनप्रतिनिधि, शाखाअधिकृत तथा शाखाप्रमुखहरु, सस्थागत तथा ब्यक्ति सहभागिहरु गरि करिब ७५ भन्दा बढिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ७ : ५५ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले