८ बैशाख २०८३, मंगलबार | April 21, 2026

जापान ओलम्पिकमा २९ शरणार्थी खेलाडी



एजेन्सी । यसपटकको जापान ओलम्पिक खेलकुदमा शरणार्थी खेलाडीको उल्लेख्य सहभागिता हुने भएको छ । जापानको टोकियोमा आयोजना हुने ओलम्पिक खेलकुदमा २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

टोकियो ओलम्पिकमा विभिन्न १२ खेलमा २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले जनाएको छ ।

ओलम्पिकको झन्डामुनि रहेर उनीहरुले प्रतिस्पर्धा गर्नेछन् । शरणार्थी खेलाडीहरु सिरिया, इरान, दक्षिण सुडान, अफगानिस्तान र इरिट्रियाका रहेका छन् ।

यसअघि सन् २०१६ मा ब्राजिलमा आयोजना भएको रियो ओलम्पिकमा पनि १० शरणार्थी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ ।

तर, विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ देखि नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ८ : १० बजे

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ

सिरहा कारागारमा आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास, २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२

प्रधानमन्त्रीले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति