१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

तनहुँ समाज युकेले स्वास्थ्य सामग्री पठाउँदै



तनहुँ । तनहुँ समाज युकेले जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ । समाजले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सदस्यहरूबाट आर्थिक सङ्कलन गरेको छ ।

जिल्लाका स्थानीय तहमा बनाइएका सम्पूर्ण आइसोलेशन केन्द्रमा अक्सिजन सिलिण्डर एवं स्वास्थ्य सामग्री सहयोग गर्ने संस्थाका अध्यक्ष लेख गुरुङले जानकारी दिए ।

समाजले सो कार्यका लागि हालसम्म चार हजार ८८५ पाउण्ड उठाइसकेको छ । उक्त रकम स्थानीय नेपाल रेडक्रस सोसाइटीमार्फत जिल्ला उद्योग वाणिज्य सङ्घलाई हस्तान्तरण गर्ने योजना रहेको अध्यक्ष गुरुङले बताए ।

जिल्लाका अधिकांश ठाउँमा कोरोना सङ्क्रमण भएपछि सबैलाई न्यायोचित तथा समान वितरण होस् भनेर समाजले सबै स्थानीय तहलाई दिन खोजिएको र कोरोनाको अवस्था हेरी पुनः केही गर्नु परे संस्थाका सदस्यहरू तयार रहेको बताइएको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ८ : ३९ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित