१९ असार २०८३, शुक्रबार | July 3, 2026

राष्ट्रिय आविष्कार केन्द्रलाई १० अक्सिजन सिलिण्डर सहयोग



सोल । वाग्मती प्रदेश एकता समाज दक्षिण कोरियाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लिटर क्षमताका १० वटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष रविप्रताप घिसिङ लगायतले मङ्गलबार आविष्कार केन्द्रमै पुगी उक्त सहयोग गरेका हुन् ।

समाजका तर्फबाट दक्षिण कोरियामा रहेका नेपालीमाझ दुई हप्तासम्म सहयोग सङ्कलन अभियान चलाइएको थियो । दुई हप्ताको अवधिमा रु १९ लाख ५१ हजार कोरियन वन सङ्कलन भएको थियो । उक्त रकममध्येबाट १० वटा अक्सिजन सिलिण्डर खरिद गरिएको हो ।

राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट निमित्त प्रमुख किशोर रिमालले उक्त सामग्री स्वीकार गर्दै सहयोग गरेकामा दक्षिण कोरियाका नेपालीलाई धन्यवाद व्यक्त गर्नुभएको संस्थाका अध्यक्ष घिसिङले बताए । सहयोग वितरण कार्यमा संस्थापक यदुकुमार गिरी, चित्रबहादुर मोक्तानलगायतको उपस्थिति थियो । अक्सिजन सिलिण्डर खरिदपश्चात बाँकी हुने रकम पनि कोरोनापीडितकै लागि खर्च गरिने बताइएको छ । -रासस

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  १० : ०८ बजे

प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्चका रजिष्ट्रार कार्की सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुवात

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र

डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि पाँचवर्षीय रणनीतिक योजना बनाइने

बुटवल । नेपाल डेरी एसोसिएसनले डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको