१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चौरासी पूजाको खर्च राष्ट्रिय आविष्कार केन्द्रलाई



चितवन । यहाँका एक ज्येष्ठ नागरिकले चौरासी पूजामा लाग्ने खर्च राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन् । भरतपुर महानगरपालिका–२ क्षेत्रपुर घर भएका खिमानन्द पौडेलले आफ्नो ८४ पूजामा गरिने खर्च आविस्कार केन्द्रलाई सहयोग गरेका हुन् ।

उनले रु तीन लाख ६५ हजार केन्द्रका सञ्चालक समितिका सदस्य हरि सिलवाललाई हस्तान्तरण गरेका छन् । राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न पौडेल परिवारले एक औपचारिक कार्यक्रम गरेको थियो । तामझाम र रूढिवादी संस्कृतिबाट टाढा हुनुपर्ने सन्देशसहित ८४ पूजाको खर्च केन्द्रलाई हस्तान्तरण गरिएको पौडेल परिवारले जनाएको छ ।

पौडेलले नयाँ खोज, अनुसन्धान र आविष्कारका लागि सहयोग होस् भनेर चौरासी पूजाको खर्च आविष्कार केन्द्रलाई प्रदान गरेको बताएका थिए ।

८४ वर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै लेखक खगेन्द्र सङ्ग्रौलाले समय क्रमसँगै संस्कृतिप्रति सबै कालखण्डमा विश्वास नरहन सक्ने बताए । धर्म र संस्कृतिका नाममा परम्परादेखि चलिआएको अन्धविश्वास, विभेद, खर्चिलोपन, ढोङ, पाखण्डलाई मान्नुपर्छ भन्ने आवश्यकता नभएको उनले बताए ।

पौडेलका ज्वाइँ प्रेम रिमालले संस्कृतिलाई पच्छ्याउने नाममा पछौटेपनलाई अङ्गाल्नु नहुने भन्दै तडकभडक छाडेर यो कार्यक्रमको आयोजना गरिएको बताए ।

राष्ट्रिय आविष्कार केन्द्रका सिलवालले सामाजिक दबाब नपर्नेगरी सिर्जनशील काम गर्नु सामाजिक अन्वेषण रहेको बताए । यहाँबाट आएको सहयोगबाट केन्द्रले ऊर्जा प्राप्त गर्ने उनको भनाइ थियो ।

पौडेल परिवारले कार्यक्रममा आउनेलाई दक्षिणा, भेटी नल्याउन आग्रह गरेको थियो । कार्यक्रमस्थलमा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न दानपेटिका राखिएको थियो । त्यसमा सङ्कलन भएको रकम पनि सबै केन्द्रलाई प्रदान गरिएको थियो । सो अवसरमा पूर्वमन्त्री विक्रम पाण्डे, नेकपा एमालेका नेता विजय सुवेदी, नेकपा माओवादीका नेता रामचन्द्र अधिकारी, बागमती प्रदेशसभा सदस्य ईश्वर सापकोटा, साहित्यकारहरु डिआर पोख्रेल, इन्द्रप्रसाद रेग्मीलगायतले पौडेल दम्पतीलाई शुभकामना दिदिएका थिए ।

पौडेलका छोरा सुदर्शन र बुहारी गायत्री पौडेलले चौरासी पूजाका अवसरमा बुबाआमालाई सम्मान गर्न पाएकामा खुसी व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  २ : ०१ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्