९ चैत्र २०८२, सोमबार | March 23, 2026

चिकित्सा शिक्षा आयोगमा राजनीतिकरणको विरोधमा प्रधानमन्त्री निवास बाहिर प्रदर्शन, भित्र आयोगको बैठक



काठमाडौं । निजी मेडिकल कलेजलाई गैरकानूनी रुपमा सम्बन्धन दिन लागेको विरोधमा नागरिक अभियन्ताहरुले बालुवाटारमा विरोध प्रर्दशन गरेका छन् ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप बन्द गर्न माग गर्दै अभियन्ताहरुले प्रधानमन्त्री निवास बालुवाटार नजिकै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘स्वास्थ्य सेवा हो, व्यापार होइन, जनस्वास्थ्यमा प्रतिगमन भयो’ जस्ता प्लेकार्डहरु प्रदर्शन गरेका छन् ।

प्रदर्शनको क्रममा प्रहरीले नारायण वाग्ले, खगेन्द्र संग्रौला, सञ्जिव उप्रेती, युग पाठक, अर्चना थापा, रिता परियारलगायत १० जना भन्दा बढीलाई पक्राउ गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा झापाको बी एण्ड सी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयबाट जवरजस्ती सम्बन्धन दिने तयारी गरेको भन्दै नागरिक अभियन्ताहरुले विरोध गरेका हुन् । उनीहरुले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धनका लागि अनावश्यक दबाब द्रिइएको आरोप लगाएका छन् । सरकारी अस्पतालको गुणस्तर सुधार नगरी निजी मेडिकल कलेजलाई जथाभावी सम्बन्धन बाँडेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

उता प्रधानमन्त्री ओलीले बालुवारमै चिकित्सा शिक्षा आयोगको बैठक बोलाएका छन् । बिहान ११ बजेदेखि बैठक बोलाइएको छ । बी एण्ड सीलाई सम्बन्धन दिनकै लागि आयोगको बैठक बोलाइएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ११ : ४६ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय