१ पुस २०८२, मंगलबार | December 17, 2025

चिकित्सा शिक्षा आयोगमा राजनीतिकरणको विरोधमा प्रधानमन्त्री निवास बाहिर प्रदर्शन, भित्र आयोगको बैठक



काठमाडौं । निजी मेडिकल कलेजलाई गैरकानूनी रुपमा सम्बन्धन दिन लागेको विरोधमा नागरिक अभियन्ताहरुले बालुवाटारमा विरोध प्रर्दशन गरेका छन् ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप बन्द गर्न माग गर्दै अभियन्ताहरुले प्रधानमन्त्री निवास बालुवाटार नजिकै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘स्वास्थ्य सेवा हो, व्यापार होइन, जनस्वास्थ्यमा प्रतिगमन भयो’ जस्ता प्लेकार्डहरु प्रदर्शन गरेका छन् ।

प्रदर्शनको क्रममा प्रहरीले नारायण वाग्ले, खगेन्द्र संग्रौला, सञ्जिव उप्रेती, युग पाठक, अर्चना थापा, रिता परियारलगायत १० जना भन्दा बढीलाई पक्राउ गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा झापाको बी एण्ड सी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयबाट जवरजस्ती सम्बन्धन दिने तयारी गरेको भन्दै नागरिक अभियन्ताहरुले विरोध गरेका हुन् । उनीहरुले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धनका लागि अनावश्यक दबाब द्रिइएको आरोप लगाएका छन् । सरकारी अस्पतालको गुणस्तर सुधार नगरी निजी मेडिकल कलेजलाई जथाभावी सम्बन्धन बाँडेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

उता प्रधानमन्त्री ओलीले बालुवारमै चिकित्सा शिक्षा आयोगको बैठक बोलाएका छन् । बिहान ११ बजेदेखि बैठक बोलाइएको छ । बी एण्ड सीलाई सम्बन्धन दिनकै लागि आयोगको बैठक बोलाइएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ११ : ४६ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष