१८ असार २०८३, बिहिबार | July 3, 2026

राजनीतिकरुपमा बहमत गुमेको अवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल एक मिनेट पनि सत्तामा नबस्ने



बुटवल । प्रदेश सभाका विपक्षी चार दलले बहुमत गुमाइसकेको भन्दै राजीनामा मागिरहेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक रुपमा बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा नबस्ने बताएका छन् ।

लुम्बिनी प्रदेशसभामा प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रदेशसभामा बोल्दै मुख्यमन्त्री पोखरेलले आफुले राजनीतिक गणितमा विश्वास गर्ने बताए । उनले अराजनीतिक तरिकामा गरिएका हिसावको आफुले विश्वास नगर्ने उल्लेख गर्दै राजनीतिक गणित गुमेको अवस्थामा सत्तामा नरहने बताए । ‘म संसदभित्रको राजनीतिक गणितमा विश्वास गर्छु, जबसम्म राजनीतिकरुपमा सत्तापक्षमा बहुमत रहन्छ म मुख्यमन्त्री रहन्छु’ प्रदेशसभामा उनले भने, ‘म अराजनीतिक तरिकामा विश्वास गर्दिन, राजनीतिक रुपमा बहुमत गुम्यो भने स्वाभाविक रुपमा एक मिनेट पनि सत्तामा रहनु हुँदैन भन्ने लाग्छ मलाई ।’

जनता समाजवादी पार्टीले कारवाही गरेपछि पदमुक्त भएका चारजना मन्त्रीको सांसद पद सर्वोच्च अदालतको आदेशपछि कायम रहेकाले आफूसँग राजनीतिक रुपमा बहुमत रहेको मुख्यमन्त्री पोखरेलले दाबी गरे ।

८३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीको दल नेकपा एमालेका ३८ सांसद छन् । गत वैशाख १९ गते उनी नेकपा एमालेसंग एकल बहुमत रहेको दावी गर्दै संविधानको १६८(१) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।

तर विपक्षी दलहरुले अहिले एमालेको एकल बहुमत नभएको र जसपाका ४ जना सरकारमा सहभागी भएकाले सरकार संविधानको धारा १६८(२) मा परिवर्तन भएको भन्दै मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने माग गर्दै आएका छन् ।

तत्कालीन नेकपाबाट उपनिर्वाचन जितेकी विमला खत्री वलीले माओवादी केन्द्र रोजेको, एमालेका एकजना सांसदले राजीनामा दिएका र दुईजनाले माओवादी केन्द्रका कूलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन समर्थन गर्दै हस्ताक्षर गरेपछि पोखरेल सोही दिन अल्पमतमा परेको विपक्षीहरुको दाबी छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ४ : ४२ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले