४ पुस २०८२, शुक्रबार | December 19, 2025

वैद्यले लिखित माफी माग्नुपर्ने एमाले संसदीय दलको माग



हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभा संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य नरोत्तम वैद्यले लिखित माफी माग्नुपर्ने निर्णय गरेको छ ।

दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले प्रदेशसभा सदस्य वैद्यले राखेको अराजक तथा गैरराजनीतिक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्ने निर्णय गरिएको दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

यसैबीच प्रधानमन्त्री ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध भएको छ । अभिव्यक्तिविरुद्ध एमाले मकवानपुर, युवासङ्घ, अनेमसङ्घलगायतले विज्ञप्ति निकालेर आक्रोश व्यक्त गरेका छन् । एमाले मकवानपुरले प्रतिवाद गर्न तयार रहेको जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ११ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको