१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सांसद नरोत्तम वैद्यले गरे आत्मालोचना, ‘गान्धीवादी व्यक्ति हुँ, भावावेशमा आएर बोलेँ’



हेटौंडा । प्रधानमन्त्री विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यले आत्मालोचना गरेका छन् ।

प्रदेशसभाको आजको बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै सांसद वैद्यले आफ्नो पूर्वअभिव्यक्तिप्रति आत्मालोचना गरेका हुन् ।

वैद्यले आफुले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै सो अभिव्यक्ति संसदको रेकर्डबाट पनि हटाइदिन आग्रह गरेका छन् । सभामुख सानुकुमार श्रेष्ठले वैद्यको अभिव्यक्ति रेकर्डबाट हटाएका छन् ।

‘हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरु राजनीतिक दलहरुलाई समेत लोकतान्त्रिक अभ्यासमा प्रेरित गर्दै संयोजन गरेको दलको एक सिपाहीको नाताले आफूले बोलेको उक्त अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह गर्दछु,’ उनले भने ।

वैद्यले आफु गान्धीवादी व्यक्ति भएको र प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै व्यक्तिगत रिसइवी नभएको बताएका छन् । उनले आफुले हत्याहिंसामा विश्वास नगर्ने बताउँदै आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन् ।

वैद्यले शुक्रबार प्रदेशसभामा महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिँदै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।

उनको यो अभिव्यक्तिप्रति नेकपा एमालेले आपराधिक भन्दै फौजदारी कानून आकर्षित हुने चेतावनी दिएको थियो । वैद्यकै पार्टी नेपाली कांग्रेसले पनि उनलाई आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  १२ : ३० बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर