३० भदौ २०८३, मंगलबार | September 16, 2026

गण्डकीमा अर्को नाटक, महन्थ ठाकुर र कृष्ण थापाको समर्थनमा पृथ्वी सुब्बा गुरुङले गरे मुख्यमन्त्रीमा दाबी



पोखरा । गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनमा पुनः अर्को नाटक देखाइएको छ ।

दुई दिन अघि मात्र प्रदेश सभामा विश्वासका मत हासिल गर्न असफल भएका कामचलाउ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जनता समाजवादी पार्टी जनसपाको महन्थ समुह र राजमोका निस्काशित सांसद कृष्ण थापाको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

गुरुङले राजमोका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङले समर्थन दिएको पत्र लिएर दाबी पेश गरेका छन् ।

सत्ता नछोड्नका लागि काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको बाटो पछ्याउँदै गुरुङले पनि हुँदै नभए व्यक्ति र सांसदको पत्रदेखाएर मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

विपक्षी गठबन्धनले सशरीर ३१ जना सांसद उपस्थित गराएर हस्ताक्षर सनाखत गराएपनि प्रदेश प्रमुख सीतादेवी पौडेलले उनीहरुलाई सरकार गठन गर्न बोलाएकी छैनन् । बरु छद्म रुपमा पृथ्वी सुब्बा गुरुङले सरकारमा दाबी गरेर प्रदेश सभा विघटनको बाटो खोजेका छन् ।

प्रदेश प्रमुख पौडेलले पनि शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले जे गरेकी थिइन, त्यही बाटो पछ्याएकी छिन् ।

 

 

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ३ : ५० बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज