७ आश्विन २०८३, बुधबार | September 23, 2026

स्याङजाको भालुपहाडमा गएको पहिरोको कारण सिद्धार्थ राजमार्ग अवरुद्ध



स्याङजा । अविरल बर्षासँगै गएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गको स्याङजा-पोखरा सडक खण्डको भालुपहाडमा सडक फराकिलो बनाउन खनिएको सडकको कारण पहिरो गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

अहिले प्रहरी र स्थानीयवासीको पहलमा सडक खुलाउने प्रयास भैरहेको छ । बिहान ११ बजेसम्म सडक खुल्ने उनले बताए ।

पछिल्लो समय सडक चौडा बनाउन राजमार्गको विभिन्न स्थानमा सडक खनिएको कारण राजमार्गमा यात्रा गर्न निकै जोखिम हुन थालेको छ । राजमार्गअन्तर्गत बुटवल पोखरा सडकखण्डमा स्याङ्जाभित्र मात्र एक दर्जनभन्दा बढी स्थानमा पहिरोको जोखिम बढेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ८ : ३६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई