७ पुस २०८२, सोमबार | December 22, 2025

असार १ गतेबाट रुपन्देहीमा जारी निषेधाज्ञा केही खुकुलो हुने



बुटवल । रुपन्देहीमा गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा असार १ गतेबाट केही खुकुलो हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले असार १ गतेदेखि निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेको हो ।

कोभिड-१९ को नयाँ भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका सम्बन्धमा विषयगत निकायका प्रमुख तथा प्रतिनीधिसँग छलफल गरी उद्योग व्यवसायीहरुको राय सुझावका आधारमा निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

निषेधाज्ञा खुकुलो भएपनि सार्वजनिक तथा निजी सवारीका साधन सञ्चालनमा भने रोक लगाइएको छ । सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गरेमा कोभिड-१९ व्यवस्थापन सम्बन्धमा जारी अध्यादेश अनुसार कारबाही हुने जिल्ला प्रशासनद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

अव स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पसल सञ्चालन गर्न दिने निर्णय भएको छ । माछामासु, तरकारी, फलफूल तथा दुधजन्य सामाग्रीका पसल बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।

त्यस्तै अन्य प्रकृतिका व्यवसाय भने बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ । व्यबसाय सञ्चालन गर्दा जारी स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य पालना गर्नुपर्नेछ ।

फ्रन्टलाईनमा काम गर्ने चालक, उद्योगी व्यवसायीलाई कोरोना विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने, जिल्लामा सञ्चालित उद्योग प्रतिष्ठानमा काम गर्ने कर्मचारीहरुलाई उद्योग प्रतिष्ठानको सिफारिसका आधारमा एन्टीजेन परीक्षण गर्ने समेत निर्णय गरिएको छ । पछिल्लो समय थपिएको निषेधाज्ञा जेठ ३१ गते (भोलि) सकिदै छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ७ : २७ बजे

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि