१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

खुकुलो बनाउँदै रुपन्देहीमा थपियो १ साता निषेधाज्ञा



बुटवल । निजी सवारी साधन चल्न पाउने, सरकारी कार्यालय खुल्ने र व्यापार व्यवसाय निर्धारित समयमा संचालन गर्न पाउने निर्णय गर्दै रुपन्देहीमा १ साता निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समिति डीसीएमसीको सोमबार बसेको बैठकले निषेधाज्ञालाई थप खुकुलो बनाउँदै असार १४ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

रुपन्देहीमा घट्दो कोरोना संक्रमण दर घटेपनि पूर्ण नियन्त्रणमा आईनसकेको भन्दै निषेधाज्ञा थप गर्ने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामान ले जारी गरृको आदेशमा उल्लेख गरिएको छ ।

थप गरिएको निषेधाज्ञामा निजी सवारी साधन जोर(विजोर प्रणाली अनुसार चल्न पाउने, सरकारी कार्यालय खुल्ने तथा व्यापार व्यवसाय निश्चित समय खोल्न पाउने गरि निषेधाज्ञा थप भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए ।

कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि रुपन्देहीमा बैशाख १६ गतेबाट निषेधाज्ञा जारि भएको थियो । असार १ गतेबाट भने निश्चित समय पसल र व्यवसाय सञ्चालन गर्न पाउने गरि निषेधाज्ञा खुकुलो गरिएको थियो ।

थप गरिएको निषेधाज्ञामा सार्वजानिक सवारी साधनलाई भने रोक लगाईएको छ भने भेला भिडभाड, महोत्सव, जात्रा सञ्चालन गर्न,सभा जुलुस लगायतका मानिसको भिडभाड हुने कुनै पनि यस अघि भएको निषेधाज्ञालाई निरन्तरता दिईएको छ ।

त्यस्तै सबै प्रकारका सभा, पार्टी प्यालेस, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, व्युटिपार्लर र स्विमिङपुल स्पा, समूहमा खेल्ने खेलकुद, जिमखाना पनि रोक लगाउने प्रशासनले जारी गरेको आदेशमा उल्लेख गरिएको छ । त्यस्तै शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन तथा परीक्षाहरु संचालन गर्न पनि निषेध गरेको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ८ : ११ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण