७ आश्विन २०८३, बुधबार | September 23, 2026

४ महिनादेखि तलव नपाएपछि मेडिकल कलेज कोहलपुरका कर्मचारीहरु आन्दोलित



नेपालगन्ज । चार महिनादेखि तलब नपाएको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सोमबार बिहानेखि आन्दोलनमा उत्रिएका उनीहरुले नियमित तलब, कोभिडको जोखिम भत्ता पाउनु पर्ने लगायतको माग छन् ।

फागुन देखि तलब भत्ता नपाएपछि आन्दोलित हुनुपरेको नेपालगञ्ज मेडिकल कलेजको नेपाल कर्मचारी संगठनका अध्यक्ष कुश्माखर बस्यालले बताए । अस्पतालको नियमित काममा असर नपर्ने गरि अहिले सांकेतिक आन्दोलन गरिएको बताउउँदै अध्यक्ष बस्यालले माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिए ।

बस्यालका अनुसार कोभिडको समयमा काम गरेका डाक्टर, स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतले तलब पाएका छैनन् । कोरोना महामारीका बेला बिदा समेत नदिएर काम लगाएपनि व्यवस्थापन पक्षले अहिले तलब भत्ता नदिएको आन्दोलिक कर्मचारीहरुको गुनासो छ ।

आन्दोलनका सम्बन्धमा जानकारी लिन अस्पतालको व्यवस्थापन हेरिरहेका मेडिकल कलेजका उप निर्देशक डा. नितेश कुमार कनोडियालाई सम्पर्क गर्दा उनको मोबाईल उठेन ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  १२ : ५० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११