३ फाल्गुन २०८१, शनिबार | February 16, 2025

४ महिनादेखि तलव नपाएपछि मेडिकल कलेज कोहलपुरका कर्मचारीहरु आन्दोलित



नेपालगन्ज । चार महिनादेखि तलब नपाएको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सोमबार बिहानेखि आन्दोलनमा उत्रिएका उनीहरुले नियमित तलब, कोभिडको जोखिम भत्ता पाउनु पर्ने लगायतको माग छन् ।

फागुन देखि तलब भत्ता नपाएपछि आन्दोलित हुनुपरेको नेपालगञ्ज मेडिकल कलेजको नेपाल कर्मचारी संगठनका अध्यक्ष कुश्माखर बस्यालले बताए । अस्पतालको नियमित काममा असर नपर्ने गरि अहिले सांकेतिक आन्दोलन गरिएको बताउउँदै अध्यक्ष बस्यालले माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिए ।

बस्यालका अनुसार कोभिडको समयमा काम गरेका डाक्टर, स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतले तलब पाएका छैनन् । कोरोना महामारीका बेला बिदा समेत नदिएर काम लगाएपनि व्यवस्थापन पक्षले अहिले तलब भत्ता नदिएको आन्दोलिक कर्मचारीहरुको गुनासो छ ।

आन्दोलनका सम्बन्धमा जानकारी लिन अस्पतालको व्यवस्थापन हेरिरहेका मेडिकल कलेजका उप निर्देशक डा. नितेश कुमार कनोडियालाई सम्पर्क गर्दा उनको मोबाईल उठेन ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  १२ : ५० बजे

पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी

पाल्पा । जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी

‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल

बाँकेमा १५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव भएपछि अस्पताल भर्ना, एकजना पक्राउ

नेपालगन्ज । बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी

पत्रकार महासंघको वनभोजमा डुडुवाको प्रतिबद्धता : महासंघ भवनमा सेमिनार हल बनाईदिने

नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार