१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

बासगढी स्वस्थ्य केन्द्रलाई सिजिको २ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण



बुटवल । ब्यवसायिक घराना सिजि फुड्स ईन्टरप्राईजेज प्रालि, कर्णाली प्रदेशले सामाजिक उत्तरदायित्व अन्तरगत सोमबार बासगढी स्वस्थ्य केन्द्रलाई २ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमका बिच प्रालिको बर्दियाका कम्पनी प्रमुख राजिवसिह राजपुत, बासगढी नगरपालिकाका नगरप्रमुख शालिक राम अधिकारी, ईलाका प्रशासन कार्यालयका प्रमुख डिल्लीराम आचार्य, ईलाका प्रहरी कार्यालयका प्रमुख बिरेन्द्र सिह थापाले जिल्ला जनस्वस्थ्य कार्यालयका प्रमुख गोर्कण गिरीमार्फत सामग्री हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा प्रालिका बर्दिया कम्पनी प्रमुख राजिवसिह राजपुतले चौधरी फाउण्डेसन ब्यवसायसंगै विभिन्न सामाजिक कार्यमा अग्रसर रहेको बताए । दोस्रो चरणको संक्रमणमा अक्सिजन अभाव देखिएको बेला सिजिमार्फत देशभरका सात प्रदेशका स्वस्थ्य क्षेत्रमा स्वस्थ्य सामग्री हस्तान्तरण अघि बढाएको उनले बताए ।

कोभिड १९ को संक्रमणसंगै निशेषाज्ञा बढ्दा आम नागरिकको जिवनमा समस्या बढेको उनले दुखेसो गरे । सिजिमार्फत देशभरका विभिन्न स्वस्थ्य केन्द्रहरुमा स्वस्थ्य सामग्री हस्तान्तरणको काम भैरहेको उनले बताए ।

जिल्ला जनस्वस्थ्य कार्यालयका प्रमुख गोर्कण गिरीले महामारीको वर्तमान समयमा सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए । अक्सिजन चरण अभावका कारण धेरैको ज्यान गएको स्मरण गर्दै पछिल्लोसमय स्थिति नियन्त्रणमा आएको उनले बताए ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालयका प्रमुख डिल्लीराम आचार्य, नगर स्वस्थ्य प्रमुख गीता घिमिरे, वडा नं. ३ का वडाअध्यक्ष प्रेम पौडेल, स्थानिय युवा क्लबका अध्यक्ष विकास सुवेदीले कोभिडको विपदमा समेत सहयोग अगाडी बढाएकोमा सिजि परिवारप्रति आभार ब्यक्त गरे । यसअघि सिजिमार्फत जिल्ला कार्यालयलाई १० हजार थान मास्क र सेनिटाईजर समेत वितरण गरिएको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ६ : १५ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित