२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

कोपा अमेरिका : बोलिभियामाथि पाराग्वेको जित



काठमाडौं । कोपा अमेरिका फुटबलमा पाराग्वेले विजयी सुरुवात गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा पाराग्वेले बोलिभियामाथि सुरुवाती अग्रता उल्ट्याउँदै ३-१ गोल अन्तरको जित हात पारेको हो ।

खेलको १० औं मिनेटमा पेनाल्टीमार्फत गोल खाँदै पछिपरेको पाराग्वेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो । खेलको १० औं मिनेटमा इरविन सावेद्राले गोल गर्दै बोलिभियालाई अग्रता दिलाएका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

पहिलो हाफको अन्तिमतिर रातो कार्ड खाँदै जेम कुएलारो मैदानबाट बाहिरिएपछि बोलिभिया १० खेलाडीमा सीमित बनेको थियो ।

दोस्रो हाफमा एलेजान्द्रो रोमेरोले गोल गर्दै पाराग्वेलाई बराबरीमा फर्काएका थिए । त्यसलगत्तै एन्जेल रोमेरोले गोल गर्दै पाराग्वेको अग्रता दोब्बर बनाए । खेलको ८० औं मिनेटमा रोमेरोले ब्यक्तिगत दोस्रो गोल गर्दै पाराग्वेको जित सुनिश्चित गरे ।

जितसँगै पाराग्वे समूहको शीर्ष स्थानमा रहेको छ । उसले तीन अंक जोडेको छ । सोही समूहको अर्को खेलमा अर्जेन्टिना र चिलीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ८ : ५६ बजे

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने