३ फाल्गुन २०८१, शनिबार | February 16, 2025

कोपा अमेरिका : बोलिभियामाथि पाराग्वेको जित



काठमाडौं । कोपा अमेरिका फुटबलमा पाराग्वेले विजयी सुरुवात गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा पाराग्वेले बोलिभियामाथि सुरुवाती अग्रता उल्ट्याउँदै ३-१ गोल अन्तरको जित हात पारेको हो ।

खेलको १० औं मिनेटमा पेनाल्टीमार्फत गोल खाँदै पछिपरेको पाराग्वेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो । खेलको १० औं मिनेटमा इरविन सावेद्राले गोल गर्दै बोलिभियालाई अग्रता दिलाएका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

पहिलो हाफको अन्तिमतिर रातो कार्ड खाँदै जेम कुएलारो मैदानबाट बाहिरिएपछि बोलिभिया १० खेलाडीमा सीमित बनेको थियो ।

दोस्रो हाफमा एलेजान्द्रो रोमेरोले गोल गर्दै पाराग्वेलाई बराबरीमा फर्काएका थिए । त्यसलगत्तै एन्जेल रोमेरोले गोल गर्दै पाराग्वेको अग्रता दोब्बर बनाए । खेलको ८० औं मिनेटमा रोमेरोले ब्यक्तिगत दोस्रो गोल गर्दै पाराग्वेको जित सुनिश्चित गरे ।

जितसँगै पाराग्वे समूहको शीर्ष स्थानमा रहेको छ । उसले तीन अंक जोडेको छ । सोही समूहको अर्को खेलमा अर्जेन्टिना र चिलीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ८ : ५६ बजे

पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी

पाल्पा । जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी

‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल

बाँकेमा १५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव भएपछि अस्पताल भर्ना, एकजना पक्राउ

नेपालगन्ज । बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी

पत्रकार महासंघको वनभोजमा डुडुवाको प्रतिबद्धता : महासंघ भवनमा सेमिनार हल बनाईदिने

नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार