१८ चैत्र २०८२, बुधबार | April 1, 2026

मनसुन प्रवेशसँगै बाढीको वितण्डा सुरु; मनाङको तालगाउँ डुवानमा, विद्युतगृह र बेलिब्रिज बगायो



लमजुङ । मनसुन सुरु भएसँगै बाढी र पहिरोको जोखिम बढ्न थालेको छ ।

सोमबार साँझदेखि निरन्तर भिषण वर्षा हुँदा मस्याङ्दी नदीमा आएको बाढीले मनाङको नासो गाउँपालिका वडा नं. १ स्थित तालगाउँको आधा वस्ती नै डुवानमा परेको छ । बस्तीमा बाढी छिरेपछि स्थानीय बासिन्दाहरु पहरामुनी गएर रात बिताउन बाध्य भएका छन् । गाउँमा टेलिफोन सेवा पनि अवरुद्ध भएको छ ।

यस्तै, तिमाङखोलमा आएको बाढीले चामे गाउँपालिका १ स्थित बेलिब्रिज बगाएको छ । यसैगरी तिमाङखोलामै रहेको ३२ किलोवाट क्षमताको स्याल्क्युखोला लघुजलविद्युत् गृह बगाएको छ । त्यस्तै सदरमुकाम चामेमा ४ वटा घर बाढीले बगाएको क्षति पुर्‍याएको छ ।

सदरमुकाम चामेमा पनि स्थानीय घट्टेखोलाको बाढीले चारवटा घर बगाएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । खोलाले बगाएर ल्याएको ढुंगामुढाले पुल थुनिँदा बाढी बस्तीतिर छिरेको छ ।

बाढीपहिरोको अवस्थालाई मध्यनजर गर्दै उद्दारका लागि तयारी अवस्थामा बस्न र जहाँ समस्या छ त्यहाँ तत्काल मुभ हुन स्थानीय प्रहरी इकाईलाई जिल्ला प्रहरी कार्यालयले निर्देशन दिएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ११ : ५७ बजे

मार्चमा आए एक लाख २० हजार पर्यटक

काठमाडौं । सन् २०२६ को मार्चमा एक लाख २० हजार

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन

काठमाडौं । नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा चयन

वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने, आधा दिन बिदा कटौती

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले

नक्कली लेटरप्याड प्रयोग गरेको भन्दै पूर्णबहादुर खड्कासहितका नेताहरुलाई कांग्रेसले गरायो सचेत

काठमाडौं । नेपाली कांग्रेसले नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर आफूसँग

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अबैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन

नेपालगन्ज । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा सञ्चालन भइरहेका अवैध