४ पुस २०८२, शुक्रबार | December 20, 2025

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप



सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न नेकपा एमाले प्रदेश संसदीय दलले ह्वीप लगाएको छ ।

एमाले संसदीय दलको आज बसेको बैठकले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप लगाएको हो । तर, कर्णाली प्रदेश सरकामा विगतमा समेत ह्वीप उल्लंघन गरेर फ्लोर क्रस गरेका एमालेकै तीन जना मन्त्रीसमेत रहेका छन् ।

अम्मरबहादुर थापा, कुर्मराज राज शाही र नन्द सिंह बुढाले आफु संलग्न सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान नगर्ने बताइसकेका छन् । संसदीय दलको बैठकमा उपस्थित भएका अर्का सांसद र एवं पूर्वमन्त्री प्रकाश ज्वालाले विवाद माथिदेखि नै भएका कारण संसदीय दलबाट समाधान हुन नसक्ने बताएका छन् ।

सर्वोच्च अदालतले चार सांसदको पद बहाली गरेपछि एमाले संसदीय दलका नेता यामलाल कँडेलले उनीहरुलाई प्रतिपक्षमा बस्न निर्देशन दिएका थिए । एमालेकै अनुरोधमा प्रदेशसभा सचिवालयले समेत चार सांसदलाई प्रतिपक्षमै बस्ने गरी वेञ्चको व्यवस्था गरेको छ ।

अहिले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् । त्यसपछि नीति तथा कार्यक्रममाथि मतदान हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ३ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको