७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित



सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभामा उपस्थित सदस्य संख्याको बुहमतले नीति तथा कार्यक्रम पारित भएको हो । सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन् ।

त्यसअघि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सांसदहरुले उठाएका प्रश्नको सम्बोधन गरिने बताएका थिए । शाहीले प्रदेशको विकासका लागि अहिलेसम्म सत्तापक्ष र प्रतिपक्ष मिलेरै अघि बढेको भन्दै अब पनि मिलेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

शाहीले सरकार बन्ने र फेरिने कुरा सामान्य राजनीतिक परिघटना भएको जिकिर गरे । उनले अहिलेको प्रतिपक्ष सत्तामा आउने र सत्ता पक्ष प्रतिपक्ष बन्ने अवस्था पनि आउन सक्ने संसदीय प्रक्रिया सामान्य भएको बताउँदै प्रदेशको विकासमा भने मिल्नुपर्ने बताए ।

नीति तथा कार्यक्रमको पक्षमा सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले मतदान गरेका छन् । विपक्षमा नेकपा एमालेले मतदान गरेको छ । विपक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदहरुलाई ह्वीप लगाएको थियो । तर, हालै मात्र सर्वोच्च अदालतले पुनर्वहाली गरेका एमालेका तीन जना सांसद भने मतदानमा सहभागी भएनन् । उनीहरु एमालेको ह्वीप उल्लंघन गरेको अभियोगमा सांसद पदबाट बर्खास्त भएका थिए । तर, सरकारमा मन्त्री भएका कारण उनीहरुले नीति तथा कार्यक्रमको विपक्षमा मतदान नगरेका हुन् ।

नीति तथा कार्यक्रम पारित भएसँगै सरकारले आजै आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट सार्वजनिक गर्नेभएको छ । बैठक अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको छ ।

सबै प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ३ : १४ बजे

शुद्ध नेपाली अर्गानिक चलचित्र हो ‘मनसरा’ : निर्देशक सुब्बा

बुटवल । जारी चलचित्रको सफलतापछि अभिनेतामा गनिएका उपेन्द्र सुब्बा एकाएक

बुटवलको एक होटलमा बाबुले गरे छोरीको हत्या

बुटवल । बुटवलको एक होटलमा बाबुले छोरीको हत्या गरेको छन

क्यानडामा विदेशी नागरिकलाइ सन् २०२७ सम्म घर किन्न प्रतिबन्ध

क्यानडा । विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । आज बैशाख ७ गते । अर्थात बुटवलको जितगढीमा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा