२२ चैत्र २०८२, आइतबार | April 5, 2026

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित



सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभामा उपस्थित सदस्य संख्याको बुहमतले नीति तथा कार्यक्रम पारित भएको हो । सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन् ।

त्यसअघि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सांसदहरुले उठाएका प्रश्नको सम्बोधन गरिने बताएका थिए । शाहीले प्रदेशको विकासका लागि अहिलेसम्म सत्तापक्ष र प्रतिपक्ष मिलेरै अघि बढेको भन्दै अब पनि मिलेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

शाहीले सरकार बन्ने र फेरिने कुरा सामान्य राजनीतिक परिघटना भएको जिकिर गरे । उनले अहिलेको प्रतिपक्ष सत्तामा आउने र सत्ता पक्ष प्रतिपक्ष बन्ने अवस्था पनि आउन सक्ने संसदीय प्रक्रिया सामान्य भएको बताउँदै प्रदेशको विकासमा भने मिल्नुपर्ने बताए ।

नीति तथा कार्यक्रमको पक्षमा सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले मतदान गरेका छन् । विपक्षमा नेकपा एमालेले मतदान गरेको छ । विपक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदहरुलाई ह्वीप लगाएको थियो । तर, हालै मात्र सर्वोच्च अदालतले पुनर्वहाली गरेका एमालेका तीन जना सांसद भने मतदानमा सहभागी भएनन् । उनीहरु एमालेको ह्वीप उल्लंघन गरेको अभियोगमा सांसद पदबाट बर्खास्त भएका थिए । तर, सरकारमा मन्त्री भएका कारण उनीहरुले नीति तथा कार्यक्रमको विपक्षमा मतदान नगरेका हुन् ।

नीति तथा कार्यक्रम पारित भएसँगै सरकारले आजै आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट सार्वजनिक गर्नेभएको छ । बैठक अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको छ ।

सबै प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ३ : १४ बजे

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको

झरना दोस्रो सौभाग्य कपको क्वाटरफाईनलमा

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

काठमाडौं । नेपाल आयाल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई

युवाहरूले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउन ध्यान दिन्छु : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेनजी